Comments Add Comment

जब मदिराले मात्तिएर सुशान्त टेबलमा नाच्न थाले…


बलिउड नायक सुशान्त सिंह राजपुत अहिले चलचित्र ‘केदारनाथ’ नामक चलचित्रको तयारीमा छन् । यो चलचित्रमा साराअली खानले काम गर्दैछिन्, जो सैफअली खानकी छोरी हुन् ।

उनै, सुशान्त सिंह राजपुत अहिले विभिन्न खालका गसिपका कारण मिडियामा चर्चामा छन् । केही दिन अगाडि मात्र उनले आफ्ना एक फ्यानसँग नराम्रो व्यवहार गरेका थिए । अब, उनै सुशान्तले मदिरामा मात्तिएर गरेको एक हर्कतले मिडियामा चर्चा पाएको छ ।

एक निर्माताको घरमा आयोजित पार्टीमा सुशान्त मदिराले यति धेरै लठ्ठ परेका थिए कि उनी टेबलमा चढेर नाच्न थाले । सुशान्तको यस्तो हर्कतले पार्टी आयोजना गरेका निर्मातालाइ पनि समस्या परेको थियो ।

सो क्रममा उनको डान्स हेर्नेमा नायिका इशा गुप्ता र नायक डिनो मारियो पनि थिए । बलिउडमा छोटो समयमा नै चर्चा पाइरहेका सुशान्त कहिले प्रेमका कारण चर्चामा रहन्छन् त कहिले यस्तै हर्कतका कारण चर्चामा रहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment