Comments Add Comment

यी हुन् स्वस्थ्य जीवनको सूत्र


स्वस्थ्य रहने तीन सूत्र छ, उचित आहार, उचित बिहार र उचित बिचार । अर्थात्, सहि, सन्तुलित र स्वस्थ्य खानपान गर्नुपर्छ । बिहारको अर्थ हो यात्रा । हाम्रो दिनचर्या पनि हो । दिनचर्या नियमित र सन्तुलित हुनुपर्छ । यसभित्र शारीरिक गतिविधिदेखि व्यायामसम्म समेटिन्छ । खानपान र व्यायाम एवं शारीरिक सक्रियताले मात्र स्वस्थ्य जीवनको पूर्णता पाउँदैन । त्यसको लागि हाम्रो सोंच, चिन्तन एवं विचारले पनि अहंम भूमिका खेल्छ । अतः सकारात्मक बिचार हुनुपर्छ ।

कस्तो खानपान ?

भनिन्छ, खान नपाएर जति मानिस मर्छन्, उत्तिनै खान नजानेर । अस्वस्थ्यकर खानपान रोग र मृत्युको कारण हो । त्यसैले मुखलाई नियन्त्रण नगरे, त्यो भार कलेजोमा पर्छ । यहि कारण हो, रोग निम्त्याउने ।

खानपान सन्तुलित र स्वस्थ्य हुनुपर्छ । साथै खाने तालिका पनि नियमित हुनुपर्छ । बिहानको नास्ता अनिवार्य लिनैपर्छ । दिनभर कम्तीमा पनि चार/पाँच पटक खानेकुरा सेवन गर्नुपर्छ । यद्यपी त्यसको मात्रा भने कम हुनुपर्छ ।

१. खानामा सलाद, हरियो सागपात, फलफूल, ड्राइ फुड्स, अंकुरित गेडागुडी सामेल गर्नुपर्छ ।

२. दैनिक खाने परिकारमा कम तेल, नुनको प्रयोग गर्नु राम्रो हो ।

३. संभव भएसम्म उसिनेको खानेकुरा खानुपर्छ, जसमा पौष्टिक तत्व नष्ट भएको हुँदैन । साथै सुपाच्य पनि हुन्छ ।

४. खानाको तालिका अनुसार बिहानको नास्ता पर्याप्त सेवन गर्नुपर्छ । त्यसपछि क्रमस त्यो मात्रा घटाउँदै लानुपर्छ ।

५. रातको खाना सकेसम्म थोरै र सुपाच्य हुनुपर्छ । खाना खाएको दुई वा तीन घण्टाको अन्तरमा मात्र सुत्नुपर्छ ।

६. खाना खाएपछि यताउता टहल्ने बानी राम्रो हो, जसले पाचन यन्त्रलाई सहज बनाउँछ ।

७. खानालाई राम्ररी पचाउनका लागि खाना खानसाथ बज्रासनमा बस्नुपर्छ ।

८. पाचन यन्त्रलाई स्वस्थ्य र तन्दुरुस्त बनाउने विभिन्न योगासनहरु अपनाउन सकिन्छ ।

कस्तो दिनचर्या ?

हााम्रो दैनिक क्रियाकपालको सोझो असर स्वास्थ्यमा पर्छ । त्यसैले स्वस्थ्य जीवनको लागि त्यही किसिमको दिनचर्या अपनाउनु पर्छ, जो सन्तुलित र नियमित हुन्छ ।

काम, पैसा, करियर आदिको दौडधूपमा हाम्रो दिनचर्या नै प्रभावित हुने गर्छ । खाने, बस्ने, सुत्ने, उठ्ने, खेल्ने कुनैपनि तालिका नियमित हुँदैन । यहि कारण हो, शरीर जीर्ण र रोगी हुने ।

१. बिहान सवेरै उठ्नुपर्छ । सूर्योदयभन्दा अघि नै उठ्नुपर्छ ।

२. उठ्नसाथ मनतातो पानी पिउनुपर्छ ।

३. त्यसपछि शौच क्रिया गर्नु पर्छ ।

४. सौचालय गइसकेपछि योग, व्यायाम गर्नुपर्छ ।

५. व्यायामपछि स्नान वा नुहाउनैपर्छ । नुहाउँदा चिसो पानीको प्रयोग राम्रो मानिन्छ ।

६. नुहाइसकेपछि नास्ता सेवन गर्नुपर्छ ।

७. दिनभरमा थोरै-थोरै तर धेरै पटक खानेकुरा सेवन गर्नुपर्छ । दिनभरमा कम्तीमा चार वा पाँच पटक खानुपर्छ ।

८. रातको खाना घाम अस्ताउनुभन्दा अघि सेवन गर्नु राम्रो हो ।

९. एकै स्थानमा लामो समयसम्म बसेर काम गर्नु हुँदैन । यदि शारीरिक काम गरिएको छैन भने कामको बीचमा पनि शरीर तन्काउने, उठ्ने, हिँड्ने गर्नुपर्छ ।

कस्तो मानसिकता ?

 

स्वस्थ्य जीवनको लागि खानपान र दिनचर्या जति सन्तुलित हुनुपर्छ, उत्तिनै सकारात्मक विचार पनि । पूर्ण रुपमा स्वस्थ्य हुनका लागि शारीरिक तथा मानसिक दुबै रुपमा स्वस्थ्य एवं तन्दुरुस्त हुनुपर्छ । यसका लागि मानसिक विकारहरु हटाउनुपर्छ ।

१. सकारात्मक सोंच राख्ने । रिस, घृणा, इष्र्या आदिले आफ्नो मनमा तनाव पैदा गर्छ । तनावले स्वास्थ्य खराब गर्छ ।

२. आवेग, उत्तेजना जस्ता मानसिक विकारले हृदय सम्बन्धी समस्या निम्त्याउँछ ।

३. मनलाई शान्त राख्नुपर्छ ।

४. पूजाआजा, धर्मकर्मको माध्यामबाट मनलाई सन्तुलित र शान्त राख्न सकिन्छ ।

५. सधै प्रशन्न रहने अभ्यास गर्नुपर्छ ।

६. परिस्थिती जस्तोसुकै भएपनि मनस्थिती बदल्नु हुँदैन । अर्थात मनलाई नियन्त्रणमा राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment