Comments Add Comment

मोरङमा ६ निर्वाचन क्षेत्र, कुन तह कुन क्षेत्रमा परे ?

१५ भदौ, विराटनगर । निर्वाचन क्षेत्र निर्धारण आयोगले मोरङमा ६ वटा निर्वाचन क्षेत्र तय गरेको छ ।

मोरङ काठमाडाैंपछिकै सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला कायम भएको छ ।  काठमाडौंमा १० निर्वाचन क्षेत्र तय गरिएको छ । यसअघि मोरङमा ९ निर्वाचन क्षेत्र थियो ।

मोरङका राजनीतिक दलहरुलेे जनसंख्या र भूगोललाई मिलाएर ६ वटा निर्वाचन क्षेत्र बनाउन आयोगलाई सुझाव दिएका थिए ।

विराटनगर महानगरपालिका तथा ८ नगरपालिका र सोहीको संख्यामा गाउँपालिकासहित १७ स्थानीय निकाय रहेको मोरङका धेरै नगरपालिका र गाउँपालिकाका वडाहरु समेत विभाजन भएका छन् ।

आयोगले प्रधानमन्त्रीलाई बुधबार वुझाएको प्रतिवेदनअनुसार क्षेत्र नम्बर १ मा केराबारी, मिक्लाजुङ, लेटाङ र उर्लाबारी नगरपालिका समावेश गरिएको छ । क्षेत्र नम्बर १ मा १ लाख ४५ हजार जनसंख्या रहेको छ भने पूर्व पश्चिम राजमार्ग उत्तर रहेका दुई गाउँपालिका एक नगरपालिका र उर्लावारी नगरपालिका राजमार्ग क्षेत्रसंग जोडिएको छ ।

क्षेत्र नम्बर २ मा रतुवामाई, कानेपोखरीको १, २, ३, पथरी शनिश्चरे नगरपालिकाको ५ र ६ तथा रंगेलीको १, ३, ८ र ९ नम्बर समावेश गरिएको छ । यो निर्वाचन क्षेत्रमा धेरै गाउँपालिका र नगरपालिकाका वडाहरुसमेत विभाजनमा परेका छ । २ नम्वर क्षेत्रको कुल जनसंख्या १ लाख ६४ हजार ७ सय ४३ रहेको छ ।

यस्तै क्षेत्र नम्बर ३ मा पूर्व पश्चिम राजमार्गले छोएका पथरी शनिश्चरेको १, ४, १० वडा, कानेपोखरीको ४, ५, ६ र ७ वडा, सुन्दरहरैंचाको १, ८, १२ वडा, बेलबारीको १, ४, ८ र ११ नम्बर वडा रहेका छन् ।

क्षेत्र नम्वर ३ मा १ लाख ६४ हजार १ सय ८०जनसंख्या रहेको छ ।

क्षेत्र नम्बर ४ मा पूर्व-पश्चिम राजमार्गले जोडेको वेलवारीको ५, ७ वडासँगै ग्रामथान, कटहरी, विराटनगर महानगरपालिकाको १, ३, ८, १० र १९ नम्बर वडा समेटिएको छ । क्षेत्र नम्बर ४ मा १ लाख ५७ हजार १ सय ६९ जनसंख्या रहेको छ ।

क्षेत्र नम्बर ५ मा विराटनगर महानगरपालिका १२ र १८ नम्वर वडा धनपालथान, जहदा, रंगेलीको ४, ७, समावेश गरिएको छ । क्षेत्र नम्बर ५ मा १ लाख ७० हजार ५ सय ३९ जनसंख्या रहेको छ । जुन सवै भन्दावढी जनसंखया भएको निर्वाचन क्षेत्र समेत हुनेछ ।

क्षेत्र नम्बर ६ मा मोरङको दक्षिणी भेग अर्थात भारतीय सिमानासँग जोडिएका नगरपालिका र गाउँपालिकाका वडाहरु पर्छन । क्षेत्र नम्बर ६ मा बुढीगंगा गाउँपालिका, सुन्दरहरैंचाको २ र ७ वडा र विराटनगरको ४, ७, ९ र ११ नम्बर वडा कायम गरिएको छ । यस क्षेत्रमा १ लाख ५६ हजार ९ सय ८६ जनसंख्या छ ।

आयोगका प्रतिवेदन अनुसार प्रदेश नम्बर १ मा सबैभन्दा बढी मोरङमा ६ वटा निर्वाचन क्षेत्र प्रतिनिधिसभामा र १२ वटा प्रदेशसभामा निर्धारण भएका छन् ।

त्यस्तै झापामा प्रतिनिधिसभा ५ र प्रदेशसभा १० क्षेत्र हुनेछन् । सुनसरीमा प्रतिनिधिसभा ४ र प्रदेशसभा ८ क्षेत्र हुनेछन् । इलाम र उदयपुरमा प्रतिनिधिसभा २ क्षेत्रको र प्रदेशसभा ४ क्षेत्र निर्धारण भएको छ ।

एक नम्बर प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलखुम्बु, ओलखढुंगामा एक एक क्षेत्र निर्धारण भएका छन् । प्रदेशसभामा भने २ क्षेत्र हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment