Comments Add Comment

फ्रेस फेसः अनमोलसँग साम्राज्ञीको स्टाइलमा फिल्ममा इन्ट्री गर्न मन छः क्रिस्टिन


चितवनकी क्रिस्टिन पौडेलले यो बर्षको ‘मिस टिन अफ दि इयर २०१७’को ताज जितिन् । यो प्रतिस्पर्धामा भाग लिनु अगाडि नै उनलाइ यो ताज जित्छु भन्ने लागेको थियो । यो शोलाइ मिडिया क्षेत्रमा प्रवेश गर्ने माध्यमको रुपमा उनले हेरेकी थिइन् ।

क्रिस्टिनले आफ्नो नाम यूरोपियन नाम भएको बताइन् । नाम केही फरक रहेकाले पनि आफूले राखेको उनले सुनाइन् । यो ताज तिजेपछि उनले आफूमा परिवर्तन आएको बताइन् । आफूले अहिले केही सकारात्मक सोच्ने र मानिससँग पनि सफ्ट व्यवहार गर्न थालेको उनको भनाइ छ ।

अनलाइनखबरका लागि ‘फ्रेस फेस’ स्तम्भमा कुरा गर्दै उनले आफूलाइ सामाजिक सेवामा पनि काम गर्न मन लागेको बताइन् ।

क्रिस्टिनसँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः

क्रिस्टिन आफूलाइ मोडलिङ र अभिनयमा पनि रुची लागेको सुनाइन् । आफूलाइ अभिनय गर्न मन लाग्नुको कारण सुनाउँदै उनले भनिन्-‘मलाइ अभिनयको माध्यमबाट केही कुराहरु व्यक्त गर्न मन लागेको छ ।’

पहिले नेपाली चलचित्र क्षेत्रलाइ खासै राम्रो नजरले नहेरिएको भन्दै अहिले भने कलाकारलाइ हेर्ने धारणा परिवर्तन भएको उनको वुझाइ छ । यसैले यो क्षेत्रमा आएर केही गर्न मन लागेको क्रिस्टिनले सुनाइन् ।

आफूलाइ आफू राम्री नै लाग्ने बताउँदै उनले अरुले पनि राम्री भन्ने गरेको बताइन् । नायक अनमोल केसीसँग चलचित्रमा काम गर्न मन लागेको बताउने क्रिस्टिनले भनिन्-‘मलाइ अनमोलसँग साम्राज्ञीको स्टाइलमा काम गर्न मन छ ।’

तर, अहिले नै आफू चलचित्र क्षेत्रमा नआउने उनले अनलाइनखबरसँग भनिन् । अझै, २ बर्ष आफूले चलचित्रमा काम नगर्ने क्रिस्टिन बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment