Comments Add Comment

क्षेत्र निर्धारण सच्याउन संघीय फोरमको माग

प्रतिवेदन बिभेदकारी र त्रुटीपूर्ण रहेको दाबी

१६ भदौ, काठमाडौं । संघीय समाजवादी फोरम नेपालले क्षेत्र निर्धारण आयोगको प्रतिवेदन सच्याउन माग गरेको छ । भूगोल र जनसंख्याको अनुपात नमिलाइएको भन्दै फोरमले प्रतिवेदन सच्याउन माग गरेको हो ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार विज्ञप्ति निकालेर आयोगको प्रतिवेदन बिभेदकारी र त्रुटीपूर्ण रहेको दाबी गरेका छन् ।

एकाउन्न प्रतिशत जनसंख्या रहेको तराई मधेसमा क्षेत्र निर्धारण गर्दा राजनीतिक पूर्वाग्रहको आधारमा ४७ प्रतिशतमा सीमित गरी मधेसी र गैरमधेसी समुदायको बर्चस्व कायम गर्ने गरी अधिकांश क्षेत्रको पुनर्संरचना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘आयोगले स्वतन्त्र, निष्पक्ष र विभेदरहित ढंगले क्षेत्र निर्धारण गर्नुपर्नेमा नेपाली कांग्रेसको स्वार्थपूर्ति हुनेगरी क्षेत्र निर्धारण गरिएको हुनाले सो प्रतिवेदन तत्काल सच्याउन जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ ।

पूर्वन्यायाधीश कमलनारायण दास अध्यक्ष रहेको आयोगले गत बुधबार सरकारलाई क्षेत्र निर्धारण गरिएको प्रतिवेदन बुझाएको थियो । आयोगले एक नम्बर प्रदेशमा २८, २ नम्बर प्रदेशमा ३२, ३ नम्बर प्रदेशमा ३३, ४ नम्बर प्रदेशमा १८, ५ नम्बर प्रदेशमा २६, ६ नम्बर प्रदेशमा १२ र ७ नम्बर प्रदेशमा १६ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । सो प्रतिवेदन सरकारले निर्वाचन आयोगलाई बुझाइसकेको छ ।

पढ्नुस् संघीय फोरमको बिज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment