+
+

कर्नर फ्ल्यागले ल्यायाे फ्यान्टसी फुटबलको नयाँ एप

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १६ गते २०:४५

काठमाडौं । फुटबलमा औधि रुची राख्ने तर खेलाडी बन्न नसकेकाहरुले आफ्नो तलतल मेट्न भिडियो गेमको सहारा लिन्छन् । विगत दुई दशकयता विश्वभरी खेलिन थालिएका फिफा र पिइएसजस्ता कम्प्युटर खेलहरुबाट नेपाली फुटबलप्रेमीहरु अछुृतो छैनन् ।

तर, ती खेलहरुभन्दा पृथक र खेलमैदानमा हुने वास्तविक घटनामा आधारित रहेर खेलिने ‘फ्यान्टसी फुटबल’ केही वर्षदेखि नेपाली फुटबल प्रेमीमाझ निकै लोकप्रिय बनेको छ । सन् १९६२ मा अमेरिकामा बिल विन्किन्ब्याक र सन् १९७१ मा बेलायतमा बर्नी डोनेल्लीले मुख्यतः मनोरञ्जनका लागि फ्यान्टसी फुटबलको अवधारणा आ-आफ्नो देशमा भित्र्याएका थिए । त्यसको ५५ वर्षपछि बितिसक्दा अहिले यो खेलले विश्वभरी नै ठूलो बजार ओगट्दै छ ।

शब्दकोशमा फ्यान्टसीको अर्थ कल्पना भनेर पढिन्छ र यस खेलमा पनि वास्तविक खेलाडीहरुलाई आˆनो काल्पनिक टोलीमा राखिन्छ र ती खेलाडीहरुको वास्तविक प्रदर्शनमै आफ्नो काल्पनिक टोलीको अंक प्रदान गर्ने गरिन्छ ।

फ्यान्टसी खेलहरुमध्ये सबैभन्दा लोकप्रिय इङलिस प्रिमियर लिग (इपिएल)मा आधारित खेल ‘फ्यान्टसी प्रिमियर लिग’ (एफपिएल) हो । विश्व फुटबल जगतमा प्रिमियर लिगको ठूलो समर्थन र लोकपि्रयताको कारण नेपाललगायत विश्वभर एफपिएलको रौनक छाइरहेको बुझ्न सकिन्छ । २००२ /०३ को सिजनदेखि सुरु भएको यो खेल गत साल मात्र विश्वभरका ४० लाखभन्दा बढी तथा नेपालका ३५ हजारभन्दा बढी मानिसहरुले खेलेका थिए ।

हुन त विश्वकप, युरो कप र च्याम्पियन्स लिगका पनि आ-आफ्नै फ्यान्टसी खेल हुने गर्छन् । तर, ती ˆयान्टसी खेलले एफपिएलजस्तो प्रभाव भने जमाउन सकेको पाइँदैन ।

हालै मात्र नेपालका ‘फ्यान्टसी प्रिमियर लिग’का खेलाडीकाे समूह  ‘फुटी फ्यान्टसी’ नामक एन्ड्रोइड एप लिएर आएकाे छ । नेपाली ˆयान्टसी खेलाडीहरुलाई थप खुराक दिन यो एप बनाएको समूहका एक सदस्य साैरभ घिमिरेले बताए ।

एपले आफ्नो खेलका विजेताहरुलाई साप्ताहिक, मासिक र वाषिर्क रुपमा पुरस्कार दिने घोषणा गरेको छ । फुटी फ्यान्टसी https://play.google.com/store/apps/details?id=app.footy.fantasy मा गएर डाउनलोड गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?