Comments Add Comment

दरवारमार्गका ४ ब्राण्डेड पसल सिलः २६ सयको जुत्तालाई २६ हजार !

२३ सय प्रतिशतसम्म नाफा लिएको खुलासा

दरवारमार्गको एक पसलमा सिलबन्दी गर्दै कर्मचारी । तस्वीर: मिलन अधिकारी/अनलाइनखबर

१९ भदौ, काठमाडौं । सरकारले दरवारमार्गका ४ ब्राण्डेड पसलमा सिलबन्दी गरेको छ । नाइक, बेन्टले, स्टोर वान, पुमा, पसलमा सिलबन्दी गरिएको हो ।

आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त बजार अनुगमन गर्दा ९ सयदेखि २३ सय प्रतिशतसम्म नाफा खाएर बस्तु बिक्री गरेको पाइएपछि सिलबन्दी गरिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले जानकारी दिए ।

ती पसलले ‘सेल’को नाममा उपभोक्ता ठगेको देखिएको छ । अनुगमनका क्रममा २ हजार ६ सय रुपैयाँ मूल्यमा खरिद गरिएको नाइक ब्राण्डको जुत्तालाई २६ हजार रुपैयाँसम्म नाफा खाएर बिक्री गरेको पाइएको छ । त्यस्तै, एक सय रुपैयाँ खरिद मूल्य रहेको जुत्तालाई २ हजार ४ सय रुपैयाँसम्म नाफा खाएर बिक्री गरेको पाइएको छ ।

कालोबजारी ऐनमा २० प्रतिशतभन्दा बढी नाफा खान नपाइने व्यवस्था भए पनि व्यापारीहरूले आफूखुसी मूल्य कायम गरी उपभोक्ता ठगेका हुन् ।

ती पसलले आवश्यक बिलविजक प्रस्तुत गर्न नसकेपछि अनुगमन टोलीले शिल गरेको हो । आपूर्ति मन्त्री मण्डलले उपभोक्ता ठग्ने व्यापारीलाई कठोर कारवाही गर्ने बताए ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment