+
+
Shares

दरवारमार्गमा अनुगमन रोक्न महासंघको गुहार, मन्त्रीले सोधे-पहुँच हुँदैमा जे पनि गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २३ गते १९:२७


२३ भदौ, काठमाडौं । आपूर्ति मन्त्री शिवकुमार मण्डलले दरबारमार्ग क्षेत्रमा चर्को मूल्य असुली उपभोक्ता ठग्ने व्यवसायीलाई कानून अनुसार कारवाही गरिने प्रष्ट पारेका छन् ।

सोमबारदेखि सिलबन्दी गरीएका पसल खुलाउन माग गर्न गर्दै मन्त्रालय पुगेको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँगको कुराकानीका क्रममा मन्त्री मण्डलले उपभोक्ता ठग्नेले उन्मुक्ति नपाउने स्पष्ट पारेका हुन् ।

‘दोषी भेटिए विद्यमान कानून अनुसार कारवाही हुन्छ,’ उनले भने, ‘गलत नगरेको प्रमाणित भए कसैमाथि पनि कारवाही गर्ने कुरा हुन्न ।’

पहुँच छ भन्दैमा जे गर्दा पनि हुन्छ भन्ने प्रवृति अन्त्य गर्न पनि उनले व्यवसायीलाई आग्रह गरे । उपभोक्तालाई सहज र सुलभ तरीकाले वस्तु उपलब्ध गराउनुपर्नेमा अनुगमन टोलीमाथि नै व्यवसायीले अभद्र व्यवहार गर्ने गरेको उनले बताए ।

‘राज्यको शसक्त उपस्थिति भएको ठाउँमासमेत पहुँचको नाममा जे गरेपनि हुन्छ भन्ने प्रवृति देखियो,’ उनले प्रश्न गरे, ‘त्यस्तो ठाउँमा सर्वसाधारणलाई कस्तो व्यवहार होला ?’

महासंघी अध्यक्ष भवानी राणको नेतृत्वमा मन्त्रालय पुगेको टोलीले अनुगमनबाट व्यापारीको छवि नै विग्रेको भन्दै शिलबन्दी गरेका पसल खोलिदिन मन्त्रीसमक्ष आग्रह गरेको थियो । जवाफमा मन्त्री मण्डलले कारवाही गर्दा छविमा धक्का पर्ने भए व्यापारीलाई ठगी नगर्ने गरी सचेत हुन आग्रह गरे ।

मन्त्री मण्डलले मर्का परेको विषयमा छलफल गर्न सकिने तर व्यक्तिले राज्य ठग्नु मनासिव नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?