Comments Add Comment

सांसद अनारकलीको डेरामा दिउँसै चोरी


२६ भदौ,काठमाडौं । नेकपा एमालेकी सांसद अनारकली मियाको काठमाडौं बबरमहलस्थित डेरामा सोमबार चोरी भएको छ । सांसद मिया बिएडको परीक्षा दिनका लागि गृहजिल्ला दाङमा रहेका बेला डेरामा चोरी भएको हो ।

चोरी भएको खबर उनका घरबेटीले गरेका थिए । प्रहरीले सांसद मियाको डेराबाट ल्यापटप, क्यामेरा, सिक्री र औंठी चोरी भएको मुचुल्का उठाएको छ । चोरी गर्ने गिरोहको बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment