Comments Add Comment

नवजात शिशुको लागि गाईको दुध कति हानिकारक ??


गाईको दुध अमृतसमान मानिन्छ । दुध स्रोत भएकाले पनि गाईलाई गुणी जनवार मानिन्छ । तर, गाईको दुध नवजात शिशुको लागि भने हानिकारक हुन्छ । अझ एक बर्षभन्दा कम उमेरका बच्चालाई त गाईको दुध पिउन दिनै हुन्न ।

यद्यपी कतिपय आमाले आफ्नो दुधको विकल्प ठान्छन्, गाईको दुध । आमाको दुध नआएको अवस्थामा पनि गाईको दुध पिउन दिइन्छ । ठोस पदार्थ खाने उमेर नपुगेको बच्चालाई गाईको दुध सजिलो र छरितो आहार मान्ने गरिन्छ ।

तर, गाइको दुधले नवजात शिशुको श्वासप्रश्वास प्रक्रियामा रोग ल्याउँछ । साथै पाचन यन्त्रमा समेत रोगको जोखिम बढाउँछ । त्यसबाहेक अन्य समस्या पनि निम्त्याउँछ ।

शिशुलाई गाईको दुध किन नदिने ?

गाईको दुधमा शिशुका लागि पर्याप्त आइरन हुँदैन । शिशु एक बर्षको हुनुअघि स्तनपान गराउनुको साटो गाईको दुध दिनाले शिशुलाई आवश्यक पोषक तत्व प्राप्त हुँदैन । यसले इनीमिया अर्थात रगतमा आइरनको मात्रा कमी हुन्छ ।

त्यसो त स्तनपान गराउँदा पनि पहिलो ६ महिनापछि आइरनको कमी हुँदै जान्छ । त्यसैले स्तनपानसँगै शिशुलाई पर्याप्त आइरनयुक्त भोजन दिनुपर्छ ।

आमाको दुध यसबेला हानिकार

भनिन्छ, बच्चाको लागि आमाको दुध एकदमै आवश्यक हुन्छ । नवजात शिशुको लागि यो प्राकृतिक भोजन हो, जसले बच्चालाई आवश्यक पोषण दिन्छ । तर, सवै अवस्थामा होइन । यदि आमा अस्वस्थ्य छिन्, एकदमै कमजोर छिन् भने स्तनपान गराउनु ठीक हुन्न । साथै कपिय आमाको दुध राम्ररी आउँदैन, यस्तोमा जबरजस्ती दुध पिउन दिइयो भने कुनै कारणले दूषित पनि हुनसक्छ ।

हल्का र सुपाच्य खानेकुरा दिनुपर्छ

आफ्नो शिशुको राम्रो स्वस्थ्यका लागि हल्का र सुपाच्य खानेकुरा आवश्यक हुन्छ । एक बर्षभन्दा कम उमेरका बच्चाले दुधमा रहेको प्रोटिन पचाउन सक्दैनन् । त्यसले उनीहरुको पेटलाई बोझिलो बनाउँछ ।

एनीमियाको खतरा हुन्छ

बाल रोग विशेषज्ञका अनुसार गाईको दुध पिउने बच्चामा एनीमियाको खतरा हुन्छ । उनीहरुमा एलर्जी लगायत अन्य रोगको खतरा समेत हुन्छ ।

सप्लिमेन्ट्री भोजन

यदि चाहनुहुन्छ भने एक बर्षभन्दा बढी उमेरका शिशुलाई अनुपूरक अर्थात सप्लिमेन्ट्री भोजन दिन सकिन्छ । जबकी एक बर्षभन्दा कम उमेरको बच्चाको विशेष हाइड्रोलाइज्ड र एमिनो एसिड आधारित भोजन गराउन सकिन्छ, ताकि उनीहरुलाई एलर्जीलगायत समस्या नहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment