
२७ भदौ, काठमाडौं । आईजीपी प्रकरणमा मुद्दा हारे लगतै नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले राजीनामा दिएका छन् ।
आफूलाई प्रहरी प्रमुख बनाउनु पर्ने माग गर्दै डीआईजी सिलवाल सर्वोच्च गएका थिए । तर, प्रकाश अर्याललाई महानिरीक्षक बनाउने सरकारको निर्णय सदर गर्दै सर्वोच्चको पूर्ण इजलासले मंगलबार सिलवालको रिट खारेज गरेको थियो ।
सिलवालले मंगलबार साँझै विज्ञप्ति जारी गर्दै प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका छन् । अन्यायमा पर्दा कस्तो पीडा हुँदोरहेछ भन्ने आफूले अनुभूति गरेको भन्दै उनले अन्यायमा परेकाहरुको सशक्त आवाज बन्ने कोसिस गर्ने बताए ।
हेर्नुस् सिलवालको विज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4