Comments Add Comment

दशैंका लागि नयाँ नाेट आजदेखि साट्न पाइने

२८ भदौ, काठमाडौं । दशैंका लागि आजबाट सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । राष्ट्र बैंकमै गएर नोट साट्नेहरुले प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता नारायण पौडेलले यो वर्ष ३० देखि ४० अर्ब रुपैयाँ नयाँ नोट साटिने सम्भावना रहेको बताए ।

यस पटक सरकारी बैंकबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ । तर, सरकारी बैंकमा नोट साट्न जाँदा प्रत्तिव्यक्ति २० हजार रुपैयाँसम्म मात्रै नयाँ नोट साट्न पाइने छ ।

नेपाल बैंकको बैंकिङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुर शाखाबाट नोट साट्न पाइनेछ ।

राष्ट्रिय वाणिज्य बैंकको मुख्य कार्यालयसहित टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि नोट साट्ने व्यवस्था गरिएको छ ।

यता, कृषि बिकास बैंकको मुख्य कार्यालय सहित कोटेश्वर, गौशला, रत्नपार्क र मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न पाइनेछ । राष्ट्र बैंकको क्षेत्रीय कार्यालय र मुद्रा सञ्चिति रहेका वाणिज्य बैंकबाट पनि नयाँ नोट वितरण हुनेछ ।

बैंकहरुले ५, १०, २०, ५० र १ सय दरका नोट सटही सुविधा दिने भएका हुन् । निजी क्षेत्रका बैंकहरुबाट पनि नयाँ नोट साट्न पाइने भएको छ । यसका लागि राष्ट्र बैंकले निजी बैंकहरुलाई साढे ३ करोड देखि ११ करोड रुपैयाँसम्मका नयाँ नोट दिने भएको हो ।
सरकारी निकाय लगायतकाले भदौं २१ गतेदेखि नोट साट्न सक्ने व्यवस्था गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment