Comments Add Comment

नेपाली सेनाका दिनेश र कमला स्ट्रङ्गेष्ट खेलाडी घोषित

२९ भदौ, काठमाडौं । नेपाली सेनाका दिनेश श्रेष्ठ र कमला श्रेष्ठ प्रथम स्ट्रङ्गेष्ट सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगिताको स्ट्रङ्गेष्ट खेलाडी घोषित भएका छन् । उनीहरुले मेडल ट्रफी र नगद ११ हजार प्राप्त गरे ।

काठमाडौं जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगितामा महिला जुनियर तर्फ सेनाकी कमला श्रेष्ठ र सिनियर तर्फ सञ्जु श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।

यस्तै पुरुष तर्फ जुनियरमा बाँकेका प्रकाश के.सी. र सिनियरम सेनाका ओलम्पियन कमलबहादुर अधिकारी घोषित भए । विजयी खेलाडीहरुले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगितामा राष्ट्रिय किर्तिमान कायम गर्न सफल खेलाडी द्वय सेनाकी कमला श्रेष्ठ र बाँकेकी सञ्जु श्रेष्ठले नगद १ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगिताको पुरुष ६२ केजी तौल समूहको सिनियर तर्फ नेपाली सेनाका राजु चौधरीले स्नाचमा ८० केजी, क्लिन एण्ड जर्कमा ११० केजी भारका साथ कुलमा १९० केजी भार बहन गर्दै स्वर्ण पाए ।

दोश्रो भएका एपिएफका राहुल कुमार दासले ७०, ८३ र कुलमा १५३ केजी भार बहन गरे । तेश्रो स्थानमा रहेका एपिएफका सुभाष कुमार शाहले ६५, ८७ र कुलमा १५२ केजी भार बहन गरे ।
बालकुमारी ब्याङक्वेटमा भएको प्रतियोगिताको ६९ केजी तौलमा नेपाली सेनाका यज्ञबहादुर सारुले कुलमा २०० केजी भार बहन गर्दै स्वर्ण पदक पाए । उनले स्नाचमा ८५ र क्लिनमा ११५ केजी उचालेका थिए ।

एपिएफका महेश चौधरीले १७७ केजी भार बहन गर्दै रजत पाए । उनले स्नाचमा ८२ र क्लिनमा ९५ केजी उचाले । यस्तै सेनाकै जिवन तामाङ्गले कुलमा १६० केजी उचाल्दै कास्य पाए । उनले स्नाचमा ७० र क्लिनमा ९० केजी भार बहन गरे ।

यस्तै ७७ केजी तौलमा ओलम्पियन नेपाली सेनाका कमल बहादुर अधिकारीले स्वर्ण पाए । उनले स्नाचमा ११० केजी, क्लिनमा १५७ केजीका साथ कुलमा २६७ केजी भार बहन गरे । एपिएफका तिलक बहादुर थापाले रजत पाए । उनले ७०, ९२ र कुलमा १६२ केजी उचाले । पर्साका आकाश कुमार पटेलले कास्य पाए । उनले ५८, ६० र कुलमा ११८ केजी उचाले ।

पुरुषकै सिनियर तर्फको ८५ केजीमा २१७ केजीका साथ नेपाली सेनाका सुरेन्द्र श्रेष्ठले स्वर्ण पदक हात पारे । उनले स्नाचमा ९७ र क्लिनमा १२० केजी भार बहन गरे । १९० केजीका साथ सेनाकै दिनेश कार्कीले रजत पाए । उनले ७५ र ११५ केजी भार बहन गरे । १४५ केजीका साथ एपिएफका सुजन बि.क.ले कास्य पाए । उनले ६३ र ८२ केजी भार बहन गरे ।

९४ केजीम नेपाली सेनाका टहल बहादुर बस्यालले २०७ केजीका साथ स्वर्ण, सेनाकै विनोद खड्काले १५७ केजीक साथ रजत र एपिएफका देवेन्द्र बि.क.ले १६६ केजीका साथ कास्य पाए ।

ओलम्पियन सुनिलाल जोशीको स्मृतीमा आयोजित प्रतियोगिताको १०५ केजीमा सेनाका दिनेश श्रेष्ठले स्वर्ण पाए । उनले स्नाचमा ११० केजी र क्लिनमा १४८ केजी गरि कुल २५८ केजी भार उचाले । यस्तै १०५ केजी माथी सेनाकै पुकार गुरुङ्गले २५० केजीका साथ स्वर्ण पाए । गुरुङ्गले स्नाचमा ११५ र किल्नमा १३५ केजी उचाले ।

दुई दिने प्रतियोगिताको जुनियर ६२ केजीमा कुलमा १५० केजी भार बहनका साथ ललितपुरका गणेश रानाभाटले स्वर्ण, १४० केजीका साथ बाराका सरुद्धिन आलमले रजत र बाराकै अशोक शाहले १३० केजीक साथ कास्य पाए । ६९ केजीमा बाँकेका प्रकाश के.सी.ले २१२ केजीका साथ स्वर्ण र बाराका धिरज यादवले ११५ केजीका साथ रजत पाए । ७७ केजीमा बाँकेका सुरज बैश्यले १६६ केजीका साथ स्वर्ण पाए ।
यस्तै ९४ केजीमा भक्तपुरका जयदीप कोजुले कुलमा १६० केजीका साथ स्वर्ण र १२५ केजीका साथ बर्दियाका रोशन बि.सी.ले रजत पाए । १०५ केजी तौल समूहमा कञ्चनपुरका सागर भण्डारीले २०३ केजीका साथ स्वर्ण पाए । उनले स्नाचमा ८५ र क्लिनमा ११८ केजी भार बहन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment