Comments Add Comment

ओम अस्पतालको ओपीडी सेवा खुल्यो

३० भदौ, काठमाडौ । नाकको शल्यक्रिया गराउन ओम अस्पताल पुगेकी ४० वर्षीया कमला भट्टराईको मृत्युलाई लिएर भएको विवादका कारण बुधवारदेखि बन्द ओम अस्पतालको आपीडी सेवा शुक्रबारदेखि खुलेको छ ।

ओम अस्पतालले शुक्रवार विज्ञप्ति जारी गरी पीडित पक्ष र अस्पताल प्रशासनबीच भएको सहमति अनुसार बन्द ओपीडी सेवा खुलाइएको जनाएको छ ।

ओम अस्पतालका प्रवन्ध निर्देशक बाबुकाजी कार्कीद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ, ‘भट्टराईको निधनका विषयमा सतयतथ्य छानविन गर्न पीडित पक्ष र अस्पताल पक्षबाटस्वास्थ्य मन्त्रालयको उच्चस्तरीय छानविन समितिलाई सहयोग गर्ने सहमति भएकोले शुक्रवारदेखि अस्पतालको ओपीडीसहित सम्पूर्ण सेवा यथावत रुपमा सञ्चालन भइरहेको अवगत गराउछौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment