Comments Add Comment

राजपा वडाध्यक्ष उम्मेदवारको निधन

३१ भदौ, सप्तरी । प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन आउन दुई दिन मात्र बाँकी रहेको समयमा सप्तरीका एक जना उम्मेदवारको निधन भएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) बाट राजविराज वडा नम्बर १५ देउरी भरुवाको अध्यक्षमा उम्मेदवारी दिएका महन्थी यादवको शनिबार दिउँसो निधन भएको हो । ब्लड क्यान्सरबाट पीडित उनको आफ्नै घरमा निधन भएको जिल्ला प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिए ।

६५ बर्षीय यादव केहि महिनाअघि राजपामा प्रवेश गरेका थिए ।२०५४ सालको स्थानीय निकाय निर्वाचनमा उनी एमालेको तर्फबाट साविकको देउरी भरुवा गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।

उनको आइतबार अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment