+
+
Shares

देउवालाई प्रचण्डको प्रश्नः भरतपुर कार्यपालिकामा कसरी हार्‍यौं ?

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १ गते २०:३५

१ असोज, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कार्यपालिका चुनावको परीणामबारे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

प्रचण्डले चितवनबाट संघीय संसदको चुनाव घोषणा गरे लगतै भरतपुर महानगरपालिकाको कार्यपालिकामा भएको चुनावमा एमालेको बहुमत आयो । ८ सदस्यका लागि लागि भएको पदमा एमालेका ६ र कांग्रेसका २ सदस्य चुनिए, जबकी एमालेका ७०, कांग्रेसका ६९ र माओवादीको ८ मत थियो । माओवादीका एकजनाले पनि जितेनन् ।

आइतबार बालुवाटार पुगेर प्रचण्डले भरतपुरको परीणामबारे देउवासँग चिन्ता व्यक्त गरे । कांग्रेस र माओवादी गठवन्धनप्रति असन्तुष्टि कायमै रहेको र यसले भोलिको चुनावलाई असर गर्न सक्ने उनको संकेत थियो ।

प्रचण्डले प्रधानमन्त्री देउवालाई गठवन्धनको बहुमत हुँदाहुँदै यो परीणाम कसरी भयो भन्ने प्रश्न गरेको स्रोतले बताएको छ ।

जवाफमा कांग्रेस सभापति देउवाले नहुनु पर्ने परीणाम आयो भनेका छन् । साथै यसबारे पार्टीमा बुझ्ने आश्वासन दिएका छन् ।

देउवा र प्रचण्डबीच सोमबार हुन लागेको प्रदेश दुईको स्थानीय चुनाव लगायतका विषयमा पनि छलफल भएको थियो ।

यो पनि पढ्नुहोस् 

भरतपुर महानगरको कार्यपालिकामा एमालेलाई बहुमत

कसरी बनायो एमालेले भरतपुर कार्यपालिकामा बहुमत ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?