+
+

सपोर्ट माइक्रोको आइपीओ असोज १८ गतेबाट

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २ गते १०:४१


२ असोज, काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले सर्वसाधारणको लागि असोज १८ गतेदेखि १ लाख ८० हजार कित्ता सेयर जारी गर्ने भएको छ ।

कम्पनीले यसमध्ये २ प्रतिशत सेयर कर्मचारीको लागि र ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याएको छ ।
१ सय अंकित मूल्य रहेको कम्पनीको सेयर असोज २३ गतेसम्म बिक्री खुला हुनेछ । सो मितिमा पनि सेयर बिक्री नभएमा कात्तिक १६ गतेसम्म बिक्री खुला गरिने भएको हो ।

कम्पनीको सेयर भर्न बिक्री प्रबन्धक एनएमबी क्यापिटल र कम्पनीमार्फत आवेदन फारम प्राप्त गर्न सकिनेछ । आस्वा प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

सेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ६ करोड रुपैयाँ मात्र पुग्नेछ । हाल कम्पनीको पूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । २०७२/७३ मा कम्पनी १९ लाख ९० हजार नोक्सानमा रहेको छ । कम्पनीले २०७३÷७४ मा ४८ लाख नाफा कमाएको अपरिस्कृत वित्तीय विवरणले देखाउँछ ।

कम्पनीले चालु आवको अन्त्यमा नै पूँजी १२ करोड पुग्ने उल्लेख गरेको छ । यसो भएमा लगानीकर्ताले दोब्बरको दरमा हकप्रद वा बोनस सहितको प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको संस्थापकहरुमा प्रदिन अधिकारी, अशोक कुमार प्रधान, महेश कुमार पोखरेल लगायत छन् ।
२०७२ असारबाट सञ्चालनमा आएको यस कम्पनीको कार्य क्षेत्र १० जिल्ला रहेको छ । कम्पनीको केन्द्रीय कार्यालय सुनसरीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?