Comments Add Comment

यसरी कपडालाई पुरानो र कमजोर हुनबाट बचाउन सकिन्छ

पहिरन, अब लाज ढाक्ने बस्त्र मात्र रहेन । जाडो वा गर्मीबाट बचाउने सुरक्षा कवच मात्र पनि होइन । बर्तमान समाजमा पहिरन मानिसको व्यक्तित्वसँग जोडिएको छ । त्यसैले पहिरन किन लगाउने भन्दा पनि कसरी लगाउने भन्ने कुरा महत्वपूर्ण भएको छ ।

पहिरनको छनौटमा आफ्नो जिउडालको मात्र नापजाँच गरिदैन । जाडो, गर्मी, झरीमा लगाउने परिहनको आ-आफ्नै शैली छ । चाडपर्वमा वा औपचारिक समारोहमा लगाउने पहिरनको बान्की फरक हुन्छ, कामकाजमा बेग्लै ।

अतः पहिरनको यो प्रकृतिसँगै यसको व्यवस्थापन वा धुने, राख्ने कुरामा पनि ध्यान दिनुपर्छ ।

१. सबैभन्दा पहिला कपडा धुनका लागि सधै माइल्ड डिटरजेन्ट नै प्रयोग गरौ । यसले कपडा लामो समयसम्म चमकदार बनाइराख्छ ।

२. सेतो कपडालाई कहिलेपनि रंगिन कपडासँग धुनुहुँदैन ।

३. रंगीन कपडालाई १-२ घण्टाभन्दा बढी डिटरजेन्टमा भिजाउनु हुन्न । कटनको केहि कपडाको रंग पखालिन्छ । यस्तो कपडा अरुसँग मिसाएर धुनु हुँदैन ।

४. सिल्क, बनारसी र इम्ब्रोयडरी वर्क गरिएको फेबि्रकलाई घरमा धुनु उपयुक्त हुँदैन । यसका लागि ड्राइ क्लिनिङ राम्रो विकल्प हो ।

५. कालो रंगको कपडा खासगरी कालो जिन्सलाई पनि अन्य कपडाभन्दा अलग राखेर धुनुपर्छ । किनभने कालो रंगको कपडाको रंग अरुमा सर्छ ।

६. यदि ऊनी कपडा धुनु छ भने बिशेष सावधानी अपनाउनु पर्छ । ऊनी कपडालाई तातो पानीमा धुनु हुँदैन ।

७. संभव भएसम्म कपडालाई वासिंङ मशीनमा धुनु हुँदैन । यसले कपडा ड्यामेज हुने खुम्चिने डर हुन्छ ।

९. रंगीन कपडालाई चर्को घाममा सुकाउनु हुँदैन । यस्तोमा रंग जाने संभावना बढी हुन्छ ।

१०. कपडालाई सोझै घाममा भन्दा पनि आझेलमा सुकाउनु राम्रो हो । यसले गर्दा कपडाको रंग त जाँदैन नै, टिकाउ पनि हुन्छ ।

११. कपडालाई कसरी राख्ने भन्ने कुरा पनि महत्वपूर्ण हो । कपडालाई त्यसको फेब्रिक र आवश्यक्ता अनुरुप राख्ने गरौं ।

१२. आइरन गर्न मिल्ने कपडालाई आइरन गरेर राख्नुपर्छ । यद्यपी सबै कपडालाई आइरन गर्ने ढंग भिन्न भिन्नै हुन्छ । जस्तो कि, कटन र सिल्क फेबि्रकमा हेभी आइरनको जरुरत हुन्छ । शिफन र जर्जेटमा हल्का आइरन चाहिन्छ । सबै फेबि्रकलाई त्यसको प्रकृति अनुसार भिन्न भिन्नै तापमानमा आइरन गर्नुपर्छ ।

१३. कपडालाई सहि ढंगले राख्नका लागि वार्डरोबको सहि सेटिङ पनि आवश्यक हुन्छ । जस्तो कि, इम्ब्रोइडरी वाला कपडालाई प्लेन कपडाभन्दा अलग राख्नुपर्छ ।

१४. हेभी इम्ब्रोइडरी कपडाको मेन्टिनेन्स थोरै मुस्किल हुन्छ त्यसैले त्यसलाई राख्ने कुरामा ध्यान दिनुपर्छ । यदि दुई वा तीन इम्ब्रोइडरी कपडालाई एकै स्थानमा राख्ने हो भने, त्यो सबैको बीचमा बटर पेपर लगाउनुपर्छ । संभव भएसम्म यस्तो महंगो कपडालाई अलग अलग क्लोथिङ कभर व्यागमा राख्नुपर्छ ।

१५. बनारसी फेबि्रकलाई अरु फेबि्रकभन्दा अलग बाँधेर राख्नु्पर्छ ।

१६. महंगो कपडालाई घरमा धुनुभन्दा ड्राइक्लिनमा धुनु राम्रो हो ।

१७. भेल्भेट फेबि्रकलाई हामीले आइरन गर्दा जल्न सक्छ किनभने त्यसमा सोझै आइरन गर्नु हुँदैन । त्यसमाथि हल्का कटनको फेबि्रक राखेर आइरन गर्नुपर्छ ।

१८. कटन फेबि्रकलाई आइरन गरिसकेपछि ह्याङगरमा टांगेर राख्नुपर्छ । ऊनी कपडालाई फोल्ड गरेर राख्नुपर्छ । त्यसलाई ह्याङगरमा राख्नु हुँदैन । उलन कपडा आफ्नो कभरमै राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment