Comments Add Comment

‘जुनकिरी’ हेरेर हमालले गरे प्रशंसा

सार्वजनिक कार्यक्रममा कमै मात्र उपस्थित हुने नायक राजेश हमालले अहिले मञ्चन भइरहेको नाटक ‘जुनकिरी’ हेरेर नाटकबाट आफू अत्यन्त प्रभावित भएको बताएका छन् । ‘जुनकिरीमा एउटी नारीको संवेदनशील यात्रा प्रस्तुत गरिएको छ । यात्रा कुन मोडमा सुरु हुन्छ र सकिन्छ प्रस्तुत नाटकले देखाएको छ ।’ उनले भने ।

चलचित्रको तुलनामा नाटकमा अभिनय गर्न गार्‍हो हुने भन्दै हमालले नाटककी मुख्य पात्र नानी थापाको प्रशंसा गरे । सिन्धुपाल्चोकको माझी बस्ती निर्माणको सहयोगार्थ फोटोग्राफी स्कुलको प्रस्तुतिमा नाटक मञ्चन भैरहेको छ । भदौ २६ गतेबाट सुरु भएको नाटक मञ्चनको आज अन्तिम दिन भएको निर्देशक एवं नाटककी मुलपात्र नानी थापाले बताइन् ।

यो नाटक गएको वर्ष भदौमा ११ शो मञ्चन भएको थियो । ‘जुनकिरी’ पात्रले मानिसको दैनिकी मात्रै प्रस्तुत गर्दैन । आधुनिक युवा पुस्ताको सोच पनि देखाउछ । किशोर अवस्थामा देखिने सोच र भ्रमलाई समेत नाटकमा प्रस्तुत गरिएको छ ।’ नानीले भनिन् ।

सिन्धुपाल्चोकको चौतारा साँगा चोक गढी नगरपालिका वार्ड नं १४ मा भूकम्प पीडित माझी परिवारलाई लक्षित गरी श्वेताश्री फाउन्डेसनले सञ्चालन गरिरहेको एकिकृत माझी बस्ति बिकास परियोजनाको लागि आर्थिक सहयोग जुटाउने सोचले नाटक मञ्चन सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment