+
+

सिरहामा माओवादीको चौथो जित

मिर्चैयाको मेयरमा श्रवणकुमार यादव विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ६ गते ८:१५

६ असोज, काठमाडौं । माओवादी केन्द्रले सिरहाको मिर्चैया नगरपालिकामा जित निकालेको छ । माओवादी केन्द्रका उम्मेदवार श्रवणकुमार यादव मेयर र विजछी देवी उपमेयरमा विजयी भएका हुन् ।

मेयरमा विजयी यादव ४ हजार ७ सय ३६ मतका साथ विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सीताराम यादव ३३१७ मतमा रोकिए ।

उपमेयर विजयी माओवादीकी जीवछीदेवीले ४९३९ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी निर्जलाकुमारी सिंहले ३ हजार २ सय ९९ मतमा सीमित भइन् ।

सिरहामा माओवादीको यो चौथो जित हो । यसअघि अर्नमा गाउँपालिका, कर्जन्हा नगरपालिका र औरही गाउँपालिकामा माओवादी विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?