Comments Add Comment

सञ्जय दत्तले सबैलाई बोलाए, सलमानलाई जानाजान छुटाए !

कुनै समय बलिउड अभिनेता सञ्जय दत्त र सलमान खानबिच उदाहरणीय मित्रता थियो । तर, समयक्रममा उनीहरुको मित्रता भत्किन थालेको खबर भारतीय सञ्चार माध्यममा आए ।

केही दिनअगाडि सञ्जय दत्त र सलमान खान अरबपति मुकेश अम्बानीको घर एन्टिलियामा आयोजित गणेश उत्सवमा भेट भएका थिए, जहाँ उनीहरुले एक-अर्कालाई अंकमाल गरेको देखियो । त्यसपछि फेरि उनीहरुबिच मित्रता मौलाएको चर्चा सुरु भयो ।

तर, पछिल्लो खबर अनुसार भने यी दुईबीच अझै शितयुद्ध जारी रहेको छ । सञ्जय दत्तले बुधबार आफ्नो नयाँ फिल्म ‘भूमी’ को विशेष स्त्रिmनिङ राखे । यसमा उनले बलिउडका कैयन हस्तिहरुलाई आमन्त्रण गरे्का थिए, तर आमन्त्रितहरुको सुचीमा सलमान खानको नाम थिएन ।

सञ्जय दत्तका निम्तालुहरुमा आमिर खान, शाहरुख खान, विधु विनोद चोपणा, रणवीर कपुर, सुनील सेट्टी, राजकुमार हिरानी, करण जौहर, सोनाक्षी सिन्हा अजय देवगण, काजोल, अभिषेक बच्चन, ऐश्वर्या राय लगायत थिए ।

यत्रो ठूलो जमघटमा सलमान खानलाई छुटाइनु कुनै संयोग मात्र भएको मान्न सकिन्न । त्यसो त केही दिन अगाडि मात्र सञ्जय दत्तले एक अन्तरवार्तामा सलमानसँग आफ्नो कुनै तुष नरहेको बताएका थिए ।

सञ्जय दत्तले अन्तरवार्तामा भनेका थिए, ‘सलमान मेरो भाई जस्तो हो । म उसलाई औधि माया गर्छु । मैले बुझ्न सकिरहेको छैन, मानिसहरु हाम्रो मित्रतामा किन शंका गर्छन् । सलमान र म हरेक दिन त भेट्न सक्दैनौं नी ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment