+
+
Shares

उद्योगमन्त्रीको योजनाः जनताको ५० प्रतिशत सेयरमा बन्द सरकारी उद्योग चलाउने

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ७ गते १९:२९


७ असोज, धनकुटा ।  उद्योगमन्त्री सुनिलबहादुर थापाले नेपालमा राष्ट्रिय औद्योगिक नीति स्पष्ट नभएका कारण सरकारी उद्योग रुग्ण बन्दै गएको बताएका छन् ।

यहाँ आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने –“ सरकारले स्पष्ट औद्योगिक नीति ल्याएर रुग्ण उद्योग सञ्चालन गर्ने गृहकार्यमा जुटेको छ ।”

मन्त्री थापाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने औद्योगिक नीति सरकारले ल्याउँछ भन्दै स्थानीय कच्चा पदार्थमा आधारित लघु उद्योग स्थापना र त्यसबाट उत्पादित सामग्रीको बजार व्यवस्थापन गर्ने नीति सरकारले ल्याइने बताए ।

सरकारले मात्र सञ्चालन गर्न नसकेका उद्योगमा लगानीकर्ता नागरिकको ५० प्रतिशत लगानीमा सहभागिता गराएर पनि उद्योग सञ्चालनमा ल्याइने बताउँदै उनले अनुमति लिन आएका ४७ उद्योगलाई सरकारले अनुमति दिने तयारी गरेको पनि जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका महामन्त्रीसमेत रहनुभएका उद्योग मन्त्री थापाले पार्टी अध्यक्ष कमल थापाको एकलौटी पार्टी सञ्चालन गर्ने तरिका, पार्टी एकीकरणमा भएका भद्र सहमतिको कार्यान्वयनसमेतको बेवास्ता गरेका कारण आफूहरुले राप्रपा प्रजातान्त्रिक पार्टी खोल्नुपरेको स्पष्ट पारे।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?