+
+

माओवादीले पश्चिम रुकुममा उम्मेदवारको टुंगो लगायो

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १० गते १९:५८

१० असोज, रुकुम । माओवादी केन्द्रले प्रदेश नं. ६ मा पर्ने पश्चिम रुकुममा प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवारहरु टुङगो लगाएको छ ।

सदरमुकाम मुसीकोटमा मंगलबार सम्पन्न वैठकले प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदारमा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरलाई सर्वसम्मत रुपमा सिफारिस गरेको ईन्चार्ज राजकुमार शर्माले जानकारी दिए ।

यसैगरी वैठकले प्रदेश सभामा क्षेत्र नं. २ बाट जिल्ला संयोजक गोपाल शर्मा अनललाई सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रदेशसभाको लागि क्षेत्र नं. १ मा भने उम्मेदवारका आकांक्षीहरुको संख्या धेरै भएकोले ८ जनाको नाम सिफारिस गरिएको इन्चार्ज शर्माले जानकारी दिए ।

क्षेत्र नंं. १ को उम्मेदवारको लागि विमला के.सी., महेन्द्र केसी, रातो कामी, अनिल शर्मा, बुद्धिप्रसाद शर्मा, बसन्त शर्मा, कलबहादुर नाथ महान र जयबहादुर पाण्डेलाई सिफारिस गरिएको वताइएको छ ।

यसैगरी प्रतिनिधिसभाको लागि समानुपातिक तर्फ निमबहादुर वुढाथोकी, मिलन खड्का, पहलसिं घर्ती, दिपेन्द्र बि.क., लक्ष्मी शर्मा र लुम्बीनी गौतमलाई सिफारिस गरिएको छ ।

बैठकले प्रदेशसभाको लागि समानुपातिक तर्फ पुष्प वादी, लक्ष्मी पुन, मिनवहादुर ओली, गणेशकुमार केसी, मनवहादुर वादी र प्रतिभा केसीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

जिल्ला समितिले सिफारिस गरिएका नामहरुबाट उम्मेदवारहरुको अन्तिम टुंगो भने केन्द्रीय समितिले लगाउने जिल्ला इन्चार्ज राजकुमार शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?