+
+

सिद्धबाबामा निरन्तर पहिरो, राजमार्गमा रातभर रोकिए दशैंका यात्रु

 कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ असोज १५ गते ९:२६

१५ असोज, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल—पाल्पा सडकखण्ड पहिरोले पुनः अबरुद्ध भएको छ । राजमार्गको तिनाउ गाउँपालिका २ दोभान र सिद्धबाबाको बिचमा ठूलो गएराती पनि पुनः पहिरो खसेपछि सवारीका साधन सञ्चालन हुन सकेका छैनन् ।

सो क्षेत्रमा निरन्तर पहिरो खसिरहेको छ । दशैंका यात्रुहरु रातभर सडकमै रोकिनुपरेको छ । शनिबार पनि सो क्षेत्रमा पहिरो खसेको थियो । बेलुका पहिरो पन्छाएको ३ घण्टामै पुनः पहिरो खसेपछि यात्रुहरु सडकमै रात बिताउन बाध्य भए । आइतबार बिहानैदेखि सडक खुलाउने प्रयास जारी छ ।

सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा दशैंकालागि बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फबाट बुटवलतर्फ आउने सवारी साधन र यात्रुहरू बाटोमै अलपत्र परेका छन् । दशैँ मनाउन हिँडेका र फर्किने यात्रुहरुको रात सडकमै बितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?