+
+

दशैंमा स्थगित अनसन फेरि सुरु गर्दै डा. केसी

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १९ गते ९:०८

१९ असोज, काठमाडौं । दशैंमा स्थगित भएको डा. गोविन्द केसीको आमरण अनसन आजबाट फेरि सुरु हुने भएको छ ।

अपराह्न ४ बजेबाट अनसन सुरु गर्ने उनले बताएका छन् ।

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पास गर्न खोजिएको भन्दै डा. केसीले असोज ९ गतेदेखि आमरण अनसन थालेका थिए । तर, दुई दिनपछि दशैंभरका लागि भन्दै उनले फूलपातीका दिन अनसन स्थगित गरे ।

त्यसबेला नै उनले स्थगित आमरण अनसन १९ गतेबाट सुरु गर्ने बताएका थिए । त्यस अनुसार उनी अनसन बस्न लागेका हुन् । यो बीचमा सरकारसँग कुनै सम्वाद नभएको भन्दै डा. केसीले भने, ‘आजबाट अनसन सुरु गर्दैछु ।’

चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १२ पटकसम्म अनसन बसिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?