हुनत, नायिका स्वस्तिमा खड्का र कलाकार तथा निर्देशक निश्चल बस्नेत एउटै चलचित्रमा जोडीको रुपमा प्रस्तुत भएका छैनन् । चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीत हिट भएपछि यी दुबै चम्किए । स्वस्तिमाले एउटै गीतबाट राम्रो चर्चा कमाइन् ।
यता, निश्चल पनि निर्देशकपछि कलाकारको रुपमा ‘२ रुपैयाँ’बाट हिट भए । यो चलचित्रले राम्रो व्यापार गर्यो । स्वस्तिमालाइ फेरि अहिले ‘छक्का पन्जा २’ले खुसी दिइरहेको छ । कलाकार नै कलाकारको जम्बो टोली रहेको यो चलचित्रको मुख्य कथा स्वस्तिमाकै वरिपरी घुमेको छ । दर्जनौ कलाकार भएको चलचित्रमा मुख्य कथामा नै काम गर्न पाएकी स्वस्तिमा अहिले चलचित्र सफलताको स्वाद चाखिरहेकी छिन् ।
यो बर्षको दशैंमा टिका नभएपछि स्वस्तिमा र निश्चल खुसी साट्न स्विमिङ पूलमा पौडिए । निश्चल र स्वस्तिमाको अनुहारमा चलचित्र सफलताको खुशी स्पष्ट झल्किएको थियो । भिन्न भिन्नै चलचित्रको सफलताको खुसी साटिरहेको यो जोडीले एउटै पर्दामा जोडी बनेर दर्शकमाझ कहिले आउने हो, यो भने प्रतिक्षाकै बिषय बनेको छ ।
प्रतिक्रिया 4