Comments Add Comment

एमाले सप्तरीले सिफारिस गर्‍यो उम्मेदवार

१९ असोज, सप्तरी । नेकपा एमाले सप्तरीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदबार चयन गरेको छ ।

एमालेले प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष र समानुपातिक उम्मेदबारको चयन गरेको छ । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट पनि प्रत्यक्ष र समानुपातिक उम्मेदबारको नाम बाहिर ल्याएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट वर्तमान सांसद ताराकान्त चौधरीलाई प्रत्यक्ष उम्मेदबार बनाउने निर्णय एमालेले गरेको छ ।

यो क्षेत्रबाट प्रतिनिधिसभाका लागि तीन जनाको नाम समानुपातिक उम्मेदबारका लागि छनौट गरेको छ । छनौट हुनेहरुमा रामपि्रत पासवान, जगदीश साह र इन्जुदेवी माझी छन् ।

प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदबार चौधरी अहिले पनि सांसद हुन् । उनी दोस्रो संविधानसभाको निर्वाचनमा जिल्लाको क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को १ का लागि प्रत्यक्ष तर्फको उम्मेदबार महेशप्रसाद चौधरीलाई बनाउने निर्णय एमालेले गरेको छ । यहाँबाट तीन जनाको नाम मात्रै समानुपातिकका लागि पठाउनुपर्नेमा ११ जनाले दावी गरेका छन् ।

दावी गर्नेहरुमा असर्फी यादव, अनिल गुप्ता, नर्मदेव यादव, राजनारायण माझी, पवित्रा देवी यादव, मंजु साह, कुमारमान श्रेष्ठ, गीता देवी यादव, पारोदेवी खंग, अस्मित लाल चौधरी र सुनितादेवी इसर छन् । सहमति हुन नसक्दा प्रदेशमा ११ जनाकै नाम पठाइएको एमालेले जनाएको छ ।

एमाले क्षेत्र नम्बर २ का अध्यक्ष निरन्जन चौधरीको अध्यक्षता तथा पोलिटब्यूरो सदस्य पासवानको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment