Comments Add Comment

रणबीरकी श्रीमति बन्दै कट्रिना


बलिउडका नायक रणबीर सिंह र नायिका कट्रिना कैफ श्रीमान्- श्रीमतिको भुमिकामा देखिए भने कस्तो लाग्दो हो दर्शकलाई ? दर्शकले उनीहरुलाई रिलमा श्रीमान् र श्रीमतिको भुमिकामा स्विकार गर्छन् या गर्दैनन यो त हेर्न बाँकी नै छ ।

तर, निर्देशक कविर खान भने रणबीर-कट्रिनालाई जोडीको रुपमा प्रस्तुत गर्दैछन् । मिडियाले उल्लेख गरे अनुसार भारतीय क्रिकेट टिमका पूर्व कप्तान कपिल देवको जीवनीमा चलचित्र बन्ने भएको छ ।

उक्त चलचित्रमा रणबीर सिंह कपिलको भुमिकामा देखिने भएका छन् भने कपिलकी श्रीमति रोमी देवको भूमिकामा कट्रिना देखिने भएकी छिन् । रणवीर कपुरसँग ६ बर्ष प्रेममा रमाएर अलग भएकी कैफ अब रणबीर सिंहको श्रीमति बन्ने तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment