Comments Add Comment

सिन्धुपाल्चोकका ‘हेभिवेट’ नेता व्यवस्थापन गर्न वाम गठबन्धनलाई सकस

माओवादीको 'क' वर्गको जिल्लामा यस्तो छ एमालेको बर्चश्व

२५ असोज, चौतारा । एक्लै चुनावमा भिड्दा पनि आन्तरिक व्यवस्थापन गर्न हम्मेहम्मे परेको सिन्धुपाल्चोकमा नेकपा एमाले र माओवादी केन्द्रलाई ६०/४० को भागवण्डामा उम्मेदवार छनोट गर्न सकस परेको छ ।

एमाले, माओवादी र नयाँशक्तिबीच निर्वाचन क्षेत्र निर्धारणमा २०७० को संविधानसभा निर्वाचन र स्थानीय चुनावको मतलाई आधार मान्ने सैद्धान्तिक सहमति भएपनि सिट बाँडफाँट हुन सकेको छैन ।

सिन्धुपाल्चोकमा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार गरी ६ वटा निर्वाचन क्षेत्र छ ।

एमाले र माओवादीले पार्टीमा सबै क्षेत्रमका लागि उम्मेदवार पनि सिफारिस गरेका छन्, तर, कुन दलले क्षेत्र कसले पाउने अझै अन्यौल छ ।

एमाले र माओवादीका आआफ्नै तर्क

माओवादीले ६०/४० को अनुपातमा प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र पाउनु पर्ने अडान लिएको छ । तर, एमालेले संविधानसभा निर्वाचन र स्थानीय चुनावमा आफुहरुले बढी मत पाएकाले प्रदेश र प्रतिनिधिसभामा एकएक क्षेत्र छोड्न सकिने बताएको छ ।

एमाले र माओवादीबीच कुन क्षेत्र कसले पाउने भन्ने समस्या त छँदैछ, दुवै दलका नेताहरुले आफू अनुकुल इच्छा व्यक्त गर्दा प्रतिनिधिसभाको क्षेत्र निर्धारणमा समेत समस्या परेको नेताहरुले बताएका छन् ।

‘हामी निरन्तर छलफलमा छौं तर, कुनै टुंगो भएको छैन, माओवादी नेता सरल सहयात्रीले भने, ‘शुक्रबारसम्म निर्णय हुन सक्छ ।’

प्रतिनिधिसभामा यस्तो छ समस्या

प्रतिनिधिसभामा दुई निर्वाचन क्षेत्र छ । एकल रुपमा एमालेबाट क्षेत्र नम्बर १ बाट अरुण नेपाल र २ बाट शेरबहादुर तामाङको नाम सिफारिस भएको छ भने माओवादीबाट १ मा अग्नि सापकोटा, राजकुमार श्रेष्ठ र सरल सहयात्रीको नाम सिफरिस भएको छ । त्यस्तै २ मा दावा तामाङको मात्रै नाम सिफारिस गरेको थियो ।

एमालेका केही नेताहरुले अग्नि सापकोटालाई क्षेत्र नम्बर २ बाट उठ्न सुझाव दिएका छन् । तर, सापकोटाले मुख खोलेका छैनन् । यदि सापकोटा २ बाट उठ्ने हो भने १ बाट अरुण नेपालको सीट सुरक्षित हुन्छ । तर, उनी १ तिर गए शेरबहादुर तामाङको सिट सुरक्षित हुन्छ ।

नेताको व्यवस्थापन चुनौतिपूर्ण

अरुण एमालेका पोलिटव्यूरो सदस्य हुन् । तर, दुबै संविधानसभा चुनावमा पराजय व्यहोरेका उनको व्यवस्थापन एमालेलाई चुनौतीपूर्ण बनेको छ ।

यदि यो पटक संसदीय क्षेत्रमा स्थापित नगर्ने हो भने पालको राजनीतिक भविश्य नै धरापमा पर्छ । उनी आफैं पनि त्यसलाई स्वीकार गर्छन् ।

शेरबहादुर तामाङ पनि बला वहालवाल सासंद हुन् । उनलाई केही नेताहरुले प्रदेशको मुख्य वा उपमुख्यमन्त्रीको उम्मेदवार हुने गरी प्रदेशसभामा जान सुझाएका छन् । तर, उनले निर्णय गर्न सकेका छैनन् ।

तामाङलाई समानुपातिक वा प्रदेशमा पठाउने तथा क्षेत्र नम्बर २ बाट अग्नि सापकोटालाई उठाएर १ बाट एमालेका अरुण नेपाललाई उठाउन दुवै पार्टीका नेताहरुबीच छलफल भइरहेको स्रोतको दाबी छ ।

उसो त माओवादीका नेता सरल सहयात्रीले भन सापकोटालाई यो पटक सामनुपातिकमा बस्न सुझाव दिएका छन् । ‘उहाँ दुई पटक सासंद हुनुभयो, अब समानुपातिकमा रहेर प्रत्यक्षतर्फ युवालाई मौका दिनुपर्छ भनेको छु, उहाँले केही भन्नु भएको छैन’ सरलले भने ।

प्रदेशमा चरम समस्या

माओवादीले प्रदेश ३ भित्र सिन्धुपाल्चोकलाई ‘क’ वर्गको जिल्लाको रुपमा लिएको छ । दोस्रो संविधानसभामा एक सिट र स्थानीय चुनावमा दुई तह जितेको यो जिल्लालाई प्रतिष्ठाको रुपमा लिएको छ ।

पार्टी हेडक्वाटरले नै सिन्धुपाल्चोकलाई विशिष्ट जिल्लाको रुपमा लिएको दाबी गर्छन्, माओवादी नेता माधव सापकोटा । त्यसैले उसले प्रदेशसभामा २ सिट दाबी गरेको छ । तर, एमाले सहजै तयार देखिएको छैन ।

‘उहाँहरुको क वर्गको जिल्ला होला तर, मत हेर्दा हामी त्यो मान्ने अवस्थामा छैनौं । यहाँ एमाले माओवादी भन्दा धेरै मतले अघि पहिलो स्थानमा छ’ एमाले सिन्धुपाल्चोकका नेता सुवास कर्माचार्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment