+
+
Shares

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते ४:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुपाल्चोकमा मंगलबार मध्यराति ११ बजेर २३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको छ ।
  • मंगलबार नै दोलखाको लापिलाङ र गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
  • यी तीनवटै भूकम्पबाट मानवीय र भौतिक क्षति भएको जनाकारी छैन ।

१८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको तालामाराङ केन्द्रविन्दु भएर मंगलबार मध्यराति भूकम्प गएको छ ।

राति ११ बजेर २३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पबाट मानवीय र भौतिक क्षति भने भएको छैन ।

मंगलबार नै दोलखा र गोरखामा पनि भूकम्प गएको थियो  ।

दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर दिउँसो ३ बजेर १३ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यसैगरी मंगलबार बिहान ६ बजेर १५ मिनेटमा गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?