+
+
Shares

सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता

सडकमाथि भिरबाट लेदोसहितको पहिरोमा परेर दुई बालिका बेपत्ता भएको इलाका प्रहरी कार्यालय जलबीरेका प्रमुख प्रहरी निरीक्षक गजेन्द्र रावतले जानकारी दिए।

कपिल कोइराला कपिल कोइराला
२०८२ असोज ८ गते १८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुपाल्चोकको बलेफी गाउपालिकामा पहिरोले दुई बालिका बेपत्ता भएकी छन्।
  • बेपत्ता हुनेमा १७ वर्षीया फुलमाया लामा र उनकी ५ वर्षीया बहिनी मनमाया लामा छन्।
  • प्रहरी टोलीले खोजी गरिरहेको छ र नदीले बगाएको हुन सक्ने आशंका गरिएको छ।

८ असोज, काभ्रेपलाञ्चोक। सिन्धुपाल्चोकको बलेफी गाउपालिका-१ जलबिरेको बलेफी ढाडे भित्री सड्कखण्डमा पहिरोमा परी २ बालिका बेपत्ता भएकी छिन् ।

सडकमाथि भिरबाट लेदोसहितको पहिरोमा परेर दुई बालिका बेपत्ता भएको इलाका प्रहरी कार्यालय जलबीरेका प्रमुख प्रहरी निरीक्षक गजेन्द्र रावलले जानकारी दिए।

उनका अनुसार बेपत्ता हुनेमा १७ वर्षीय फुलमाया लामा उनकी बहिनी ५ वर्षीया मनमाया लामा रहेका छन् ।

उनीहरू चौतारा साँगाचोकगढी नगरपालिका-२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका-२ गोल्छेस्थित मामाघरमा पैदल जाँदै गरेका थिए ।

सडकमाथि भिरबाट लेदोसहितको आएको पहिरोमा परेर बुधबार दिउसो ४:४५ बजे बेपत्ता भएको प्रहरीको भनाइ छ ।

जलवीरे सडकभन्दा तल ब्रह्मायणी नदी भएकोले नदीले बगाएको हुन सक्‍ने भन्‍दै खोजी सुरु भएको प्रहरीले जनाएको छ ।

खोजीका लागि रावतको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?