
२० असोज काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको सुनकोशीमा एक जना बालकको शव भेटिएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका ९ भैंसेमा सुनकोशीको भुमरीमा शव भेटिएको सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकको प्रमुख एसपी अच्युत मजगैयाले जानकारी दिए ।
उनका अनुसार १०–१२ बर्षको जस्तो देखिने बालकको नग्न शव सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीबाट निकालेको जानकारी दिए ।
बालकको नाम बतन नखुलेको तथा बालकलाई कुन स्थानबाट बगाएर ल्याएको भन्नेबारे नखुलेको र उक्त शव प्रहरीलाई जिम्मा लगाएको सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4