Comments Add Comment

माओवादीले कालीकोटबाट उम्मेदवार सिफारिश गर्‍यो

प्रतिनिधिसभामा रावत, शाही र चौलागाई, प्रदेशमा बुढा

२७ असोज, कालीकोट ।  माओवादी केन्द्र कालीकोटले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिश गरेको छ ।

जिल्ला समिति बैठकले आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेश सभाको लागि उम्मेदवारको नाम टुंगो लगाएको हो ।

माओवादीले प्रदेशसभा र प्रतिनिधिसभाका लागि प्रत्यक्ष तथा समानुपातिक गरी दुई दर्जन नामहरु केन्द्रमा सिफारिश गरेको छ ।

एक हप्ता लामो बैठकले एउटा प्रतिनिधिसभा रहेको कालीकोटमा प्रत्यक्षतर्फ पहिलो नम्बरमा जिल्ला अध्यक्ष दुर्गबहादुर रावत, दोस्रो नम्बरमा उर्जा मन्त्री महेन्द्र शाही र तेस्रो नम्बरमा लक्ष्मिप्रसाद चौलागाईलाई सिफारिश गरेको हो ।

त्यस्तै प्रतिनिधिसभाको समानुपातिक तर्फ सिए लिलाराज बराल, मनसरा न्यौपाने, यसोधा न्यौपाने, भैरे तिरुवा, गंगा खड्काको नाम सिफारिश गरेको छ ।

प्रदेशसभाका लागि दुईवटा क्षेत्र मध्ये क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ गणेश शाही,धनजित शाही, खेम बहादु सिंहको नाम सिफारिस गरेको छ ।

प्रदेशको क्षेत्र नं २ बाट जिल्ला जिल्ला इन्चार्ज जीवन बुढा, जगत बहादुर शाही, जनकनाथ योगी र एमालेबाट पार्टी परित्याग गरी माओवादी केन्द्रमा आएका प्रकाश रोकायालाई प्रत्यक्षतर्फ सिफारिश गरेको छ ।

समानुपातिक तर्फ पार्टी पोलिट ब्यूरो सदस्य समेत रहेका नेता बिष्णु बिक, अल्किना बम, मिठ्ठु शाही,शहीद परिवार प्रमिला योगी, पौरख बिश्वकर्मा, कृष्णकला शाही,कष्ण आचार्य र जनपुरा सिंहलाई सिफारिश गरेको हो ।

रत्न कार्कीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment