Comments Add Comment

नेपाल डिभिजन टूमा घटुवा

वर्षाले रद्ध दोस्रो खेलमा नेपाल र हङकङले अंक बाँडेे

३० असोज, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङबिरुद्धको दोस्रो खेलमा बर्षाका कारण रद्ध भएपछि नेपालको डिभिजन टू घटुवा निश्चित भएको छ ।

हङकङमा आइतबार आएको सामुदि्रक तुफानसँगै वर्षा भएपछि सोमबारका लागि सारिएको खेल पनि वर्षाले स्थगित भयो । त्यसपछि अम्पायरले दुवै टोलीलाई एक एक अंक बाँड्ने निर्णय गरे ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।

यस नतिजाले नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चार भित्र पर्न असफल भएसँगै डिभिजन टूमा घटुवा हुने निश्चित भएको छ ।

नेपालसँगै नामिविया र युएईको डिभिजन खस्कने निश्चित भइसकेको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्स १८ अंकसहित शीर्ष स्थानमा छ भने १६ अंक जोडेको पपुवा न्युनिगी दोस्रो, १५ अंकसहित स्कटल्याण्ड तेस्रो, १४ अंक पुर्‍याएको हङकङ चौथो र १२ अंक जोडेको केन्या पाचौं स्थानमा छ ।

आगामी डिसेम्बरमा प्रतियोगिताका अन्तिम चरणका खेलहरु हुनेछन् । त्यस चरणमा नेपालले युएईसँग उसकै मैदानमा दुई खेल खेल्नेछ । अहिले ९ अंक जोडेको नेपालले त्यस चरणमा दुवै जित हासिल गरे पनि शीर्ष चार रहने छैन ।

डिभिजन टूमा घटुवा भए पनि नेपालले सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकपको छनोट खेल्ने सम्भावना भने सकिसकेको छैन ।

आगामी फेब्रुअरीमा नेपालले नामिवियामा हुने आईसीसी डिभिजन टू मा सहभागिता जनाउनेछ । त्यस प्रतियोगितामा शीर्ष दुईभित्र रहेमा नेपालले विश्वकप छनोट खेल्ने अवसर पाउनेछन् ।

डिभिजन टूमा डिभिजन वानबाट घटुवा भएका नेपाल, नामिविया र युएई तथा डिभिजन थ्रीबाट बढुवा भएका क्यानडा र ओमानको सहभागिता पक्का भइसकेको छ । डिभिजन वानबाट घटुवा हुने अर्को टोलीको टुंगो प्रतियोगिताको अन्तिम चरणका खेलहरुले टुंगो लगाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment