Comments Add Comment

जनयुद्धको सम्मानसहित एमालेसँग एकता: प्रचण्ड

३० असोज, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी जनयुद्धमा योगदान गरेकाहरुको सम्मानसहित एमालेसँग पार्टी एकता हुने बताएका छन् ।

सोमबार बिहान अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धका सकारात्मक परिघटना र योगदानको सम्मानसहित पार्टी एकता हुने बताएका हुन् ।

एकताको तयारीपछि कतिपय साथीहरुले जनयुद्धको भूमिका के हुन्छ ? महान् जनयुद्धमा बलिदान गरेका शहीदहरुको सम्मान हुन्छ कि हुँदैन ? बेपत्ताहरुको सम्मान कसरी हुन्छ ? जस्ता प्रश्न उठाउनु भएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्धसहित इतिहासका सबै घटनाहरुको सम्मान हुन्छ, संश्लेषण हुन्छ र सकारात्मक परिघटना र योगदानको सम्मानसहित पार्टी एकता हुन्छ ।’

संघ र प्रदेशको निर्वाचनसम्म नेपाली कांग्रेसको सरकारलाई समर्थन गर्ने र निर्वाचन सम्पन्न गर्ने सहमति गरेको भन्दै प्रचण्डले उक्त सहमतिमा अहिले पनि आफूहरु इमान्दार रहेको बताए । तर, यसबीचमा प्रधानमन्त्रीले राप्रपाका नेताहरुलाई मन्त्रीमा नियुक्त गरेकाले अब प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी टुंगोमा पुगिने बताए ।

प्रचण्डले भने, ‘हाम्रा मन्त्रीहरुको अवस्था के हुन्छ भन्ने चासो व्यक्त हुन थालेको छ । आजै प्रधानमन्त्रीसँग भेट्छु, उहाँले चाहेको के हो ? त्यसैका आधारमा हामी निर्णयमा पुग्छौं ।’

वाम गठवन्धनको उद्देश्य समाजवादको तयारी हो भन्दै उनले सोही उद्देश्य अनुसार पार्टी वाम गठवन्धन गरिएको बताए । नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्न सकिएमा समाजवादको यात्रालाई कसैले रोक्न नसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment