+
+

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

रासस रासस
२०७४ असोज ३१ गते ११:५८

३१ असोज, धनकुटा । धनकुटा नगरपालिका-६ पात्लेखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका सुनसरीबाट धनकुटा आउँदै गरेको को १ प ९८४९ नं.को मोटरसाइकल धनकुटाबाट मूलघाट जाँदै गरेको को २ त ३५२१ नं.को ट्र्याक्टरसँग ठोक्किदा मोटरसाइकल चालक धनकुटा नगरपालिका-५ का ३१ वर्षीय सञ्जय राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार गम्भीर घाइते ३५ वर्षीय प्रदीपकुमार राईको धनकुटामा उपचार सम्भब नभएकाले धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान लगिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुरेन्द्र खड्काले बताए ।

ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?