Comments Add Comment

तिहारमा सुष्मा

सैयौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन्, सुष्मा अधिकारीले । उनी अहिलको चल्तापूर्जा मोडल हुन् । नायिका पनि । नृत्यंगना पनि । यसपाली उनले अनलाइनखबरका लागि फोटोसुट गराइन्, तिहारलाई लक्षित गरेर । तिहारको पूर्वसन्ध्यामा फोटोसुट गराइरहँदा उनले सुनाईन्, ‘खासमा म अभिनयकी सौखिन । सानैदेखि अभिनय गर्ने रुचीले यस क्षेत्रमा ल्याइपुर्‍यायो ।’

सुष्माले तीन सय बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । अनौठो प्रेम कथा, पिपल, जय मधेश जस्ता फिल्ममा अभिनय गरेकी छिन् । सुष्मा नाच्नमा पनि उत्तिकै पोख्त छिन् । खासगरी बिदेशको कन्सर्टमा उनी नाच्न पुग्छिन् । उनले अष्ट्रेलिया, इजरायल, दुबई, कतार, मलेसिया जस्ता देशमा आफ्नो नृत्य प्रस्तुती दिइसकेकी छिन् ।


फोटो- शैलेन्द्र खोखाली 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment