+
+
Shares

यसरि घटाइन् परिणितीले २८ केजी तौल

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ६ गते ११:१२


बलिउडमा यस्ता केही नायिकाहरु छन्, जसले आफुलाई ‘फ्याटबाट फिट’ बनाएका छन् । त्यही सूचीमा पर्छिन्, नायिका परिणिती चोपडा । कुनै बेला उनको तौल ८६ किलो थियो । उनले २८ किलो घटाएर स्लिम रुपमा प्रस्तुत गरिन् ।

कुनै बेला मोटी भनेर आलोचना खेपेकी परिणितीले फिटनेशमा ध्यान दिएकै कारण अहिले ग्ल्यामरस हिरोइनको रुपमा परिचित छिन् । उनी अभिनित चलचित्र ‘गोलमान अगेन’ले पहिलो दिनमै ३० करोडको ब्यापार गरेपछि उनको चर्चा एकाएक बढेको छ ।

उनले आफ्नो तौल घटाउनका लागि खानपान भन्दा पनि व्यायमलाई महत्व दिएकी थिइन् । उनी हरेक विहान मर्निङ वाक जान्थिन् भने दैनिक १ घण्टा योग गर्थिन् । पौडी र घोडचढीलाई पनि दैनिक रुपमा समावेश गरेकी थिइन् ।

तौलको बारेमा चिन्तित परिणीति अहिले पनि ब्यायामप्रति सचेत छिन् । पिज्जाकी सौखिन परिणीतिले सबै भन्दा पहिला फाष्टफुड छोेडेकी थिइन् । बिहानको खानामा एक ग्लास दुध, ब्राउन ब्रेड र दुईटा अण्डा खान्छिन् । बेलुकाको खानामा दाल रोटी र हरियो साग खाने गर्छिन् ।

२२ अक्टुवर १९८८ मा हरियाणामा जन्मेकी परिणीतिले हिन्दी चलचित्र ‘लेडीज भर्सेज रिक्की बहल’वाट अभिनय सुरु गरेकी थिइन् । उनको पहिचान भने ‘इश्कजादे’बाट सुरु भएको थियो । उनले ‘शुद्ध देसी रोमान्स, हंसी तो फंसी, दावत ए-इश्क, किल दिल’ लगायतका चलचित्रमा काम गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?