Comments Add Comment

जन्म कैदको सजाय पाएका फरार अभियुक्त पक्राउ

८ कात्तिक, काठमाडौं । जन्म कैदको सजाय पाएका एक जना फरार अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ ।

दाङ देउखुरी जिल्ला अदालतको १७ जेठ २०६९ को फैसलाले कर्तब्य ज्यान मुद्दामामा जन्म कैद सजाय ठहर गरेका दाङको साविक उरहरी गासि-८ बेलगनारका ४२ का कालुराम चौधरीलाई सीआईबीले मंगलबार पक्राउ गरेको हो ।

काठमण्डौंको सामाखुसीबाट पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनको लागि बुधबार काठमाडौं जिल्ला अदालतमा पेश गरी बुधबार नै अदालतले कैद भुक्तानको लागि कारागार पठाएको छ ।

चौधरीले ०६५ भदौ ११ गते दाङ्को साविकको उरहरी गाविस-८ बेलगनार बस्ने रमेश हमाललाई अपहरण गरी वैवाङ्गस्थित एकान्तस्थल नर्सरीमा घाँटी रेटेर हत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment