+
+
Shares

वाम गठबन्धनले कांग्रेसलाई गुन लगाएको छः प्रचण्ड

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ कात्तिक १० गते १३:२९

१० कात्तिक, पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले वाम गठबन्धनले कांग्रेसलाई गुन लगाएको बताएका छन् ।

पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अाफूले पहिले कांग्रेसँगै गठबन्धन गरेर गुन लगाएको र अहिले वाम गठबन्धन गरी कांग्रेसलार्इ गुन लगाएको बताएका हुन् ।

पार्टी एकीकरण गर्ने गरी वाम दलहरुबीच भएको गठबन्धनले कांग्रेसलाई एकताबद्ध गरेर गुन लगाएको प्रचण्डले बताए ।

गठबन्धनकै कारण फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार लगायत कांग्रेसमा प्रवेश गरेको उदाहरण दिदै प्रचण्ले कांग्रेसलाई वाम गठबन्धनबाट चित्त नदुखाउन सुझाव दिए ।

‘कांग्रेसलार्इ गठबन्धनले गुन लगाएको छ,’ प्रचण्डले प्रष्ट पार्दै भने, ‘कांग्रेस एकताबद्ध भएको छ, गच्छदार लगायत अाउनुभएको छ।

प्रचण्डले कार्यकर्ताहरुलाई गठबन्धनबाट उत्साहित भएर रिल्याक्स गर्नुको साटो उम्मेदवारहरूलार्इ जिताउन इमान्दार भएर लाग्न अनुरोध गरेका छन् ।

सोही कार्यक्रममा प्रचण्डले गठबन्धनको सिट बाँडफाँटको काम ९० प्रतिशत सम्पन्न भएको भन्दै अाजै टुंगो लगाइने बताए ।

सिट बाँडफाँटका क्रममा ६०/४० भन्दा केही तलमाथि पनि हुनसक्ने भन्दै प्रचण्डले कार्यकर्ताहरूलार्इ चित्त बुझाउन अाग्रह गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?