Comments Add Comment

प्रचण्ड भन्छन्- आफ्नो कारणले आफैं संकटमा परे बाबुराम

१२ कात्तिक, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईका पछिल्ला कदमले स्वयं उनैलाई र उनको पार्टी नयाँ शक्तिलाई संकटमा पारिरहेको बताएका छन् ।

नयाँ शक्तिका नेता बासु पोखरेललाई आज पार्टी प्रवेश गराउँदै प्रचण्डले डा. भट्टराईले माओवादी छाड्नु र वाम गठवन्धन छाडेर कांग्रेससँग मिल्नु दुःखद भएको बताए । उनले भने, ‘उहाँको कामले उहाँलाई त संकटमा पारेको छ नै, नयाँ शक्ति पनि केहो-केहो भन्ने भएको छ ।’

नयाँ शक्तिको हविगत सबैले देखिसकेको भन्दै प्रचण्डले भट्टराईसहित सबै नेता कार्यकर्ताहरु वाम गठवन्धनमा ध्रुवीकृत हुनुको विकल्प नभएको बताए ।

कार्यक्रममा माओवादी नेता एवम् गोर्खा क्षेत्रनम्बर २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले वाम गठबन्धनले जितेर मात्र देशको स्थीरता र समृद्धि सम्भव हुने बताए ।

माओवादी केन्द्रमा प्रवेश गरेका गोरखा सिरानचोकका बासु पोखरेल नयाँ शक्तिको केन्द्रीय परिषद सदस्य हुन् । उनलाई नयाँशक्तिले काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा उम्मेदवारको रुपमा अघि सारेको थियो ।

कार्यक्रममा पोखरेलले सानो समूहबाट मुलुकको समृद्धि र राजनीतिक भविष्य सम्भव नदेखेर माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment