+
+
Shares

पूर्वसांसदको सिफारिसमा छनोट भएका योजना रद्द गर्न निर्देशन

निर्वाचन क्षेत्र विकास कार्यक्रममा लाग्यो रोक

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १२ गते १९:३४

१२ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन क्षेत्र विकास कार्यक्रम र संसद विकास कार्यक्रम कार्यान्वयनमा रोक लगाएको छ । संसदको कार्याकाल समाप्त भएकाले पूर्वसांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्यवन, नयाँ कार्यक्रम छनोट गर्ने र रकम निकासा गर्न नमिल्ने आयोगले बताएको छ ।

आयोगको आइतबार बसेको बैठकले निर्वाचन क्षेत्र विकास कार्यक्रममा रोक लगाउनुका साथै निकासा रोक्न निर्देशन दिएको छ । साथै यसबारे अनुगमन गरी भोलि सोमबार प्रतिवेदन पठाउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकाररुलाई निर्देशन दिएको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भदौ १४ बाटै आचार संहिता लागू भएको छ । तर,पूर्व सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रम र संसद विकास कार्यक्रमको रकम खर्च गरेको खबरहरु आएका छन् ।

आयोगले पूर्व सांसदहरुले सिफारिससाथ छनौट गरिएका परियोजना तथा कार्यक्रम रद्द गर्न र कोलेनिकाबाट रकम रोक्का गर्न प्रजिअहरुलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?