Comments Add Comment

काठमाडौंमा प्रचण्डलाई हराउनेसँग बादल चुनाव लड्ने

१४ कात्तिक, काठमाडौं । माओवादी नेता रामबहादुर थापा काठमाडौं क्षेत्र नम्बर १० बाट चुनाव लड्ने भएका छन् । एमाले र माओवादीको साझा उम्मदेवारका रुपमा काठमाडौं १० को उम्मेदवार बनेका हुन् ।

काठमाडौं १० वाट पहिलो संविधानसभामा प्रचण्डले जितेका थिए । ०७० को चुनावमा भने प्रचण्डलाई त्यहाँ कांग्रेस नेता राजेन्द्र केसीले हराएका थिए ।

कांग्रेस नेता केसी हाल खेलकुद मन्त्री छन् । माओवादी नेता बादलसँग केसीले नै प्रतिस्पर्धा गर्ने सम्भावना छ ।

यसअघि बादल समानुपातिक उम्मेदवार बन्ने चर्चा थियो । तर, समानुपातिक सूचीमा नपरेपछि उनले चितवन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने रुची देखाएका थिए ।

माओवादीका कार्यकर्ताहरुले बादललाई नवलपरासीबाट निर्वाचन लड्न निम्तो दिएका थिए ।

अन्ततः केही साताको छलफलपछि माओवादी नेता बादल काठमाडौं १० बाट चुनाव लड्ने टुंगो लागेको माओवादी स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

बादलले रोजेको चितवन २ बाट एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल चुनाव लड्ने टुंगो लागिसकेको छ ।

उम्मेदवारको अन्तिम टुंगो लगाउन एमाले र माओवादीका नेताहरुहरु मंगलबार पनि आन्तरिक छलफलमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment