
१४ कात्तिक,काठमाडौं । माओवादीको सहायक संगठन योङग कम्युनिष्ट लीग (वाईसीएल)ले देशैभरका कांग्रेस र राप्रपाका नेता विरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको छ ।
सर्वाेच्चले जन्म कैदको सजाय सुनाएका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गरी जेल चलाउन गरिएपछि वाईसीएलले यस्तो चेतावनी दिएको हो ।
वाईसीएल अध्यक्ष दीपशिखाले विज्ञप्ति निकाली द्वन्दकालीन मुद्दा व्यूँताइएको भन्दै अब आफूहरुले पनि ७५ जिल्लाकै द्वन्दकालीन मुद्दा व्यूँताएर घटनामा संलग्न विरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका हुन् ।
वाइसीएलले द्वन्दकालका घटना ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ मार्फत हेरिनुको साटो नेता ढुंगेललाई पक्राउ गरेर बिस्तृत शान्ति सम्झौताको उलघंन गरिएको बताएका छ ।
साथै प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिएका बेला भएको यो घटना चुनाव भाड्ने षड्यन्त्र भएको वाईसीएलको आरोप छ ।
सरकारले चुनाव भाँड्न लागेको भन्दै वाईसीएलले सचेत हुन कार्यकर्ताहरुलाई आग्रह समेत गरेको छ ।
प्रतिक्रिया 4