Comments Add Comment

मेकअप गर्नेका लागि उपयोगी १० टिप्स

अनुहारका लागि मेकअप जरुरी छ । मेकअपले अनुहारको सुन्दरतामा निखार ल्याउनुका साथै विभिन्न किसिमका विकिरण तथा हानीकारक तत्वबाट अनुहारलाई सुरक्षा प्रदान गर्छ ।

तर यसको सही तरीकाले प्रयोग नगरेको अवस्थामा यस्ता मेकअपले नराम्रो असर गर्न सक्छ । मेकअप सम्बन्धि यस्ता काइदा, जो जानी राखेको अवस्थामा निकै उपयोगी हुनसक्छ ।

१. पुरानो लिपस्टिकलाई नयाँ बनाउने

लिपस्टिक पुरानो भयो भने के गर्ने ? यसलाई पुन प्रयोग गर्ने काइदा छ । यसको लागि लिपस्टिकको मुनी एउटा मैनबत्ती बालेर उक्त लिपस्टिकलाई केही समयको लागि तताउने । लिपस्टिक पग्लिएर भाडा भरी हुनपुग्छ र यसको रङ्ग गाढा भइदिन्छ । र लिपस्टिक चिसो हुनासाथ नयाँ जस्तै देखिन्छ ।

२. परेला कर्ली बनाउने काइदा

परेला कसरी कर्ली बनाउने ? यसको सहि विधी जान्नुपर्छ । सही तरीका नजान्दा चाहेर पनि चाहेजस्तेा बनाउन सकिदैन ।

परेला कर्ली गर्ने आईल्यास कल्र्सलाई तातो पानीमा केही समय तताउनुपर्छ । अन्यथा ड्रायरद्वारा आईल्यास कल्र्सलाई तताएर पनि परेलालाई चाहेजस्ता आकार दिन र कर्ली बनाउन सकिन्छ ।

३. व्लाक स्पट हटाउन भ्यासलिन

सामान्यताः भ्यासिलिनको प्रयोग जाडो याममा बढी गरिने प्रचलन छ । हाम्रो बुझाईमा भ्यासिलिनले हात खुट्टा फुट्न दिदैन भन्ने छ । जबकी हात खुट्टालाई सुरक्षा प्रदान गर्नु बाहेक भ्यासलिनको अर्को प्रयोजनमा पनि लाभकारी छ र त्यो हो, अनुहारको व्लाट स्पट हटाउन ।

भ्यासलिनले अनुहारको प्लाक स्पट हटाउन मद्दत गर्नुका साथै अनुहारलाई कोमल बनाउँछ । यसको लागि । भ्यासलिनको सही प्रयोग आवश्यक छ ।

अनुहारका व्लाक स्पट हटाउन सबैभन्दा पहिले मुख धुन आवश्यक छ । अब अनुहारमा भ्यासलिनको प्रयोग गरी त्यसलाई क्लिन्ज र्‍यापले ढाक्ने र तौलियाले छोप्ने । करिब ५ मिनेट पश्चात्त उक्त र्‍यापलाई निकाल्ने र ड्राई टिस्युद्धारा उक्त कालो दाग वा व्लाक स्पटलाई निचोर्ने । यति गर्नाले अनुहारमा भएका व्लाक स्पट सजिलै हटेर जान्छ ।

४. नङ्ग काट्ने यस्तो काइदा

नङ्ग काट्ने सबैभन्दा राम्रो काइदा भनेको नेलकटर वरिपरि टेपको प्रयोग हो । नेल कटरको वरिपरि टेप लगाउनाले काटेको नङ्ग नेल कटर भित्रै बस्छ र छरिन पाउदैन ।

५. मुख धुँदा तौलियाको प्रयोग नगर्ने

मुख धुनासाथ तौलियाले पुछ्नाले अनुहार रुखो हुनुका साथै छाला सुख्खा हुने गर्छ । यस समस्याबाट छालालाई सुरक्षा प्रदान गर्न तथा अनुहारलाई कोमल बनाइराख्न अनुहारमा भएको पानी सुक्ने बेला मोस्चराईजर कि्रमका प्रयोग प्रभावकारी हुन्छ ।

मोस्चराईजरको प्रयोग गर्नाले अनुहारले कि्रमलाई राम्ररी सोस्नुका साथै छालालाई नरम तथा मुलयम बनाउँछ ।

६. क्रिम सकियो ? ड्रायरको प्रयोग गर्ने की ?

कि्रमको बट्टाबाट अन्तिम कि्रम निस्कन छोडेपछि कयौ मानिसलाई कि्रम सकियो भन्ने चिन्ताले सताउने गर्छ । यदी कसैको कन्सिलर खतम भयो र अर्को किन्न जान समय भएन भने पनि अब चिन्ता नगरौ । ड्रायरको सहायताले कन्सिलरको बट्टालाई केही समयको लागि तताएको खण्डमा बट्टामा भएको कन्सिलर पग्लन्छ, र सबै बाहिर निस्कन्छ ।

७. लिपस्टिक खरिद गर्नुअघि

लिपस्टिक छान्ने सबैभन्दा राम्रो उपाय भनेको त्यसलाई औलामा लगाउने हो । जबकी हामीमध्य प्राय हत्केलामा लगाएर लिपस्टिकको रङ्ग हेर्ने गर्छौ । जुन पूर्णतया गलत हो । हत्केला लिपस्टिक दल्नाले लिपस्टिकको सही रङ्ग देखा पर्दैन । यसको सट्टा हातका औलामा दल्नाले लिपस्टिपको सही रङ्ग थाहा पाइन्छ ।

८. अनावश्यक मेकअपको प्रयोग

अधिक मात्रामा कन्सिलरको प्रयाग, गाढा लिपस्टिक तथा अनाश्यक मेकअपले अनुहारलाई भद्दा देखाउँछ । अनुहारलाई वास्तवमै राम्रो देखाउनको लागि प्राकृतिक मेकअप सही हुन्छ ।

९. यसरी ओठलाई ठूलो बनाऔ

कयौ मानिसको ओठ सानो हुन्छ । सानो ओठ भएकाहरुलाई ओठ ठूलो बनाउने निकै ठूलो रहर हुन्छ । बाहिर जानु करिब एक दुई मिनेट पूर्व ओठमा काटा लगाउनाले वा घोच्नाले ओठ ठूलो देखिन्छ ।

१०. अनुहारमा डियोड्रन्ट रोलरको प्रयोग ?

अनुहारको छालाले सही तरीकाले कि्रम अवशोषित गरोस् भन्नका लागि डियोड्रेन्ट रालरको प्रयोग गर्न सकिन्छ ।

डियोड्रेन्टको खाली बोतल छ भने त्यसलाई फाल्नुको सट्टा राम्ररी सफा गरौ । अब त्यसमा आफूले प्रयोग गर्ने कि्रम राख्नुहोस् र अनुहारमा दल्नुपर्छ । यसले अनुहारमा मसाजको अनुभव गराउनुका साथै अनुहारमा भएको कि्रम अवशोषित गर्न मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment