Comments Add Comment

यो त हद भयो ! युवाहरुले यस्तो गर्दा रहेछन् बाथरुममा

आजको जमानामा मोबाइल फोनविनाको जीवन अधुरो नै हुन्छ भन्दा फरक पर्दैन । मोबाइल जीवनको अभिन्न अंग बनिसकेको छ । खाली समय मिल्यो कि गोजीबाट मोबाइल फोन निकालेर इन्टरनेट खोलिहाल्छौँ हामी । सायद मानिसले मोबाइल फोन नचलाउने त्यस्तो कुनै ठाउँ नै छैन, चाहे त्यो शौचालय होस् वा अन्तरंग कार्य गरिरहेको शयन कक्ष ।

एक नयाँ तथ्यांक अनुसार, ४० प्रतिशत युवायुवतीहरुले आफ्नो अफिसको बाथरुममा समेत मोबाइल फोन चलाउँदछन् । सर्भेअनुसार अफिसको बाथरुमभित्र मोबाइल चलाउनेमध्ये ५५ प्रतिशतले फेसबुक चलाउने तथा ४३ प्रतिशतले ह्वाट्सएप चलाउने गर्छन् । तीमध्ये नै ४० प्रतिशतले ट्वाइलेट बसेर अनलाइनमा समाचार वा अन्य कुरा पढ्दछन् । १३ प्रतिशतले क्यान्डी क्रस खेल्नका लागि ट्वाइलेटमा मोबाइल चलाउँछन् भने ११ प्रतिशतले पोकेमोन गो खेल्दछन् ।

सर्भेक्षण अनुसार धेरै युवायुवतीले अफिसको बाथरुममा छिरिसकेपछि मोबाइल चलाउने धुनमा हात धुन पनि बिर्सिन्छन् ।

ह्युम रिसोर्स अनलाइनले ५ हजार मानिसमा गरेको विश्वव्यापी सर्भेक्षण अनुसार १६ प्रतिशत कर्मचारीले अफिसको ट्वाइलेट प्रयोग गरिसकेपछि हात नै धुँदैनन् । जबकि २५ प्रतिशतले केवल १० सेकेण्ड मात्र पानीमा हात चोप्दछन् ।

सर्भे अनुसार १२ प्रतिशत कर्मचारीले त अफिसको बाथरुमभित्रै खाने-पिउने गर्दछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment