Comments Add Comment

वाम गठवन्धनको ताप्लेजुङ-दार्चुला चुनावी अभियान शुरु

उदघाटनमा माओवादी अध्यक्ष प्रचण्ड अनुपस्थित

१९ कात्तिक, काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी वाम गठवन्धनले संयुक्त चुनावी सभा शुरु गरेको छ । आइतबार पूर्वको ताप्लेजुङबाट शुरु हुने सभा आगामी २६ गते पश्चिमको दार्चुला पुगेर समापन हुनेछ ।

एमाले र माओवादीको पार्टी एकताको सन्देश दिन र आगामी चुनावमा वाम गठवन्धनलाई जिताउन ताप्लेजुङ-दार्चुला अभियान शुरु गरिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

अभियान अन्तर्गत बिभिन्न जिल्लाहरुमा हुने सभालाई एमाले र माओवादीका शीर्ष नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ । तर अभियान शुरु हुने दिनमै माओवादी अध्यक्ष प्रचण्ड भने ताप्लेजुङको सभामा अनुपस्थित हुने भएका छन् । प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र चितवन ३ को पूर्वनिर्धारित कार्यक्रम व्यस्त भएकाले ताप्लेजुङ जान नपाउने भएका हुन् ।

प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाले भने, ‘चितवन क्षेत्र नम्बर ३ को पार्टी कार्यालय उदघाटन लगायतका पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले ताप्लेजुङ जाने कार्यक्रम छैन ।’

एमाले र माओवादीको पार्टी एकता संयोजन समितिले चुनाव प्रचार लगायतका कार्यक्रम संयुक्तरुपमा गर्न पार्टी कमिटीहरूलार्इ निर्देशन दिएको छ । सोही निर्देशनअनुसार सबै जिल्ला र क्षेत्रहरुमा एमाले र माओवादीले संयुक्त प्रचार समिति गठन गरेका छन् । जनवर्गीय संगठनहरुले पनि संयुक्त भेला, प्रशिक्षण र प्रचार प्रसारका गतिविधि जारी राखेका छन् ।

जनवर्गीय संगठनका अध्यक्षहरु पनि एकअर्का पार्टीका उम्मेदवारलाई जिताउन खटिएका छन् । यसैअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ झापामा र माओवादी अध्यक्ष प्रचण्डलाई जिताउन अनेरास्ववियु अध्यक्ष नविना लामा चितवनमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment