Comments Add Comment

कास्की कांग्रेसका उम्मेदवारको एजेन्डाः केबलकारदेखि सुरुङमार्ग र रेलवेसम्म

कृषि, पर्यटन, जलस्रोत र पूर्वाधारमा जोड

१९ कात्तिक, पोखरा । कास्की कांग्रेसका उम्मेदवारले कृषि, पर्यटन, जनलस्रोल र पूर्वाधार निर्माणसहितको समृद्ध कास्कीको एजेन्डा सार्वजनिक गरेका छन् । पर्यटन, जलस्रोत र कृषिलाई अधिकतम उपयोग गरेर कास्कीलाई समृद्ध बनाउने उम्मेदवारहरुले प्रतिवद्धता गरेका हुन् ।

उम्मेदवारहरुले निःशुल्क स्वास्थ्यदेखि पार्क, केबल कार, चक्रपथ, सुरुङ मार्ग, हाइड्रो, चक्रपथ रेल-वे निर्माणसम्मका महत्वकांक्षी योजना सार्वनजिक गरेका छन् । ४ नम्बर प्रदेशका ज्येष्ठ नागरिक, एकल महिला, अपांगलाई निशुल्क औषधीको व्यवस्था गर्ने उम्मेदवारले प्रतिवद्धता गरेका छन् ।

कास्कीलाई अपराधमुक्त बनाउने, पोखरालाई उत्कृष्ट शहर बनाउने, पोखरा अन्तराष्ट्रिय विमानस्थलको रन-वेलाई ३ हजार मिटर पुर्‍याउने, फेवाताल जोगाउन ५ वर्षभित्र अँधेरीखोला र हर्पन खोलामा ५ वटा ब्रेकड्याम निर्माण गर्ने, अन्नपूर्ण संरक्षण क्षेत्रलाई जनतासम्म पुर्‍याउने कार्यक्रम ल्याउने, सामुदायिक वनको विकास र संरक्षण गर्ने, घाँटिछिना पञ्चासेसम्म केबलकार निर्माण गर्न पहल गर्ने कांग्रेस उम्मेदवारले प्रतिवद्धा जनाएका छन् ।

पृथ्वीनारायण क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयबाट अलग गराएर स्वतन्त्र उच्च शैक्षिक संस्था बनाउने, वन विज्ञान अध्ययन संस्थान र लुक्ले कृषि अनुसन्धान केन्द्रलाई जडिबुटी, कृषि, वन, वातावरणसम्बन्धी अध्ययन केन्द्रको रुपमा विकास गर्ने एजेन्डा प्रस्तुत गरे ।

चार ठाउँमा सम्पूर्ण पूर्वाधारयुक्त लघुशहरको निर्माण गर्ने घोषणा गरेका छन् । पोखरा चक्रपथ निर्माणको सपना पूरा गर्ने, महानगरको सडक साँघुरा भएका कारण ˆलाई ओभर निर्माण गर्ने, तनहु“m लमजुङ र मनाङलाई जोडेर मादी करिडोर निर्माण गर्ने २ वर्षभित्र पोखराबाट सिधै त्रिवेणी पुग्ने बाटो पूरा गर्ने लक्ष्यसहित मतदातासँग उनीहरुले प्रतिवद्धता गरेका छन् । अन्तर्राष्ट्रिय हवाइ मार्गसँग पोखरालाई जोड्ने, ऊर्जा आयोजना केन्द्र बनाउने, खेलकुदको शहर बनाउने लगायत प्रतिवद्धता कांग्रेस उम्मेदवारले प्रस्तुत गरे ।

कास्की क्षेत्र नम्बर ३ प्रदेश सभा २ का उम्मेदवार सिकन्दर गुरुङले आफू सुनको सोकेसमा सजाइएको थाली नभइ फलामको फाली भएको बताउँदै आफूले कुराभन्दा काम गर्ने बताए । क्षेत्र नम्बर २ को प्रदेश सभा २ का उम्मेदवार विन्दु थापाले अबको राजनीति भनेको विकासको राजनीति भएको बताउँदै स्थानीय तहमा एमालेलाई भोग हालेर मतदाता पछुताएको महसुस आफूले गरेको बताए । क्षेत्र नम्बर १ को प्रदेश सभा १ का उम्मेदवार जीवन परियारले जुनसुकै शक्ति मिले पनि कांग्रेसलिे जीत हाँसिल गर्ने बताए ।

कम्युनिस्ट अधिनायकवादकै चिन्ता

योजनासहित प्रतिवद्धता व्यक्त गर्न प्रेस युनियन कास्कीले गरेको कार्यक्रममा कांग्रेस उम्मेदवारहरु वाम गठबन्धनमाथि खनिए ।

कांग्रेसमात्रै लोकतन्त्र र जारी संविधानको रक्षा गर्छ, कम्युनिस्टहरुले शासन गरे देशमा अधिनायकवाद आउने उनीहरुको भनाइ थियो । ‘अहिलेको समयले दुईतिहाइको माग गर्दैछ, यसले स्थायी सरकारको मात्रै माग गर्दैन्, सबै संविधानको माग गर्छ, सबै संविधान संशोधन गरेर अधिनायकवाद लादिन सक्छ,’ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार देवराज चालिसेले भने, ‘यो पार्टीकोमात्रै चुनाव होइन, प्रत्येक व्यक्ति व्यक्तिबीचको चुनाव हो ।’ देश अर्को राजनीतिक द्वन्द्वमा जाने त होइन भन्ने संकेत मिलेको उनले बताए ।

उनले एउटै व्यक्ति धेरै पटक उठ्न नपाउने व्यवस्था गर्नुपर्नेसमेत बताए । ‘दुई चोटीबाहेक कसैलेलाई अवसर दिनुहुँदैन,’ चालिसेले भने, ‘एउटै व्यक्ति धेरै चोटी उठ्छ भने उसले नयाँ केही गर्न सक्दैन । नयाँ पुस्ताले अवसर पाउँदैन ।’

कम्युनिस्टहरुले संसदीय शासन प्रणालीको ढाँचा कै विरुद्ध जान खाजेको क्षेत्र नम्बर १ कांग्रेस उम्मेदवार यज्ञबहादुर थापाले आरोप लगाए । हालका कानुनमन्त्रीसमेत रहेका थापाले कम्युनिस्ट गठबन्धन देशलाई निरंकुश कम्युनिस्ट शासनतर्फ लैजान खाजेको बताए । वाम गठबन्धनमार्फत कम्युनिस्टहरुले देशमा अर्को द्वन्द्व सिर्जना गर्न चाहेको उम्मेदवाहरुको एउटै स्वर थियो । आˆनो एजेन्डालाई बुझाउनभन्दा पनि उम्मेदवारहरुले वाम गठबन्धनमाथि खनिन बढी समय खर्च गरेका थिए ।

क्षेत्र नम्बर ३ का उम्मेदवार शुक्रराज शर्माले वाम गठबन्धनले देश जोगाउन नसक्ने बताए । शर्माले आफू घुस नखाने र घुस खान पनि नदिने प्रतिवद्धता जनाए ।

कांग्रेस आफू जोगियो र जोगाइयो भने कांग्रेसलाई कसैले जित्न नसक्ने क्षेत्र नम्बर १ का प्रदेश सभा १ का उम्मेदवार कृष्ण केसीले बताए । क्षेत्र नम्बर २ प्रदेश सभा १ का उम्मेदवार गुरु बरालले अहिलेको लडाईं लोकतन्त्रको पक्ष र विपक्षमा गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment