Comments Add Comment

गौरादह र तरहरामा एनआईसीको २ शाखा

२० कात्तिक, काठमाडौं । एनआईसी एशिया बैंकले झापाको गौरादह नगरपालिका र सुनसरीको ईटहरी उप– महानगरपालिकाको तरहरामा २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

गौरादह नगरपालिकाका मेयर रोहितकुमार शाहले गौरादह शाखा र ईटहरी उप– महानगरपालिकाका मेयर द्वारिकलाल चौधारीले तरहरा शाखाको उद्घाटन गरेका हुन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया निजी क्षेत्रको अग्रणी बैंक भएको बैंकको दाबी छ । यी २ शाखासँगै हाल बैंकको देशभर १ सय ३३ शाखा र १ सय ४१ एटिएम काउन्टर पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment