Comments Add Comment

‘मै हुँ प्रदेश ४ को मुख्यमन्त्री’

२१ कात्तिक, काठमाडौं । तनहुँ क्षेत्र नम्बर २ खका उम्मेदवार किरण गुरुङ नेकपा एमाले प्रदेश ४ का संयोजक हुन् । उनी २०४८ र २०६४ सालमा तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । यसपटकको निर्वाचनमा उनी तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा खमा उम्मेदवार छन् ।

यसअघिको संसदीय निर्वाचन र स्थानीय तहको निर्वाचनमा पनि एमालेले जीत हासिल गरेको क्षेत्रमा किरणलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ । त्यस क्षेत्रबाट एक चोटीमात्र कांग्रेसले जितेको छ भने अरु सधैँ एमालेले नै जित हाँसिल गर्दै आएको छ । गुरुङले यो निर्वाचनमा जीत हासिल गरेर मुख्यमन्त्री बन्ने दाबी गरिरहेका छन् ।

एमाले सचिव पृथ्वीसुब्बा गुरुङलाई पनि मुख्यमन्त्रीको दावेदारका रुपमा हेरिएको छ । पूर्व वनमन्त्री समेत रहेका किरण गुरुङसँग आसन्न निर्वाचनका सन्दर्भमा अनलाइनखबरका लागि पोखरा सहकर्मी अमृत सुवेदीले कुराकानीः

तपाईं तनहुँको हेभिवेट नेतामै पर्नुहुन्छ । प्रतिनिधि सभा नउठेर प्रदेश सभामा उठ्नुको कारण मुख्यमन्त्रीको दाबी नै हो ?

बिलकुलै सही कुरा भन्नुभयो । हिजो पार्टीले प्रदेश ४ को संयोजकको जिम्मेवारी दियो । स्वभाविक हिसाबले यो निर्वाचान जितेर प्रदेश सरकार बनेको अवस्थामा मुख्यमन्त्रीको जिम्मेवारी मैले पाउनुपर्छ भन्ने दाबी छ ।

तर, पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ पनि प्रदेशमा आएका छन् । भोलि मुख्यमन्त्री तपाईले नै पाउनुहुन्छ भन्ने आधार के त ?

म यहाँको संयोजक हुँ । त्यसैले दाबी स्वभाविक हो । यो प्राकृतिक कुरा हो । कृत्रिम ढंगले मुख्यमन्त्री हुन्छु भनेको छैन । हिजो पार्टीले मलाई यहाँ जिम्मेवारी नदिएको भए मैले यो दाबी गर्ने थिइनँ ।

तर पार्टीको बरियतामा पृथ्वीसुब्बा माथि हुनुहुन्छ । कसले पाउने भनेर कसरी थाहा हुन्छ त अहिले नै ?

निर्णय त प्रतिस्पर्धाबाटै हुने हो । कुन प्रदेशमा को भन्ने छिनोफानो त पार्टी नेताहरुले गर्नुहुन्छ । तर, अहिले उम्मेदवार छनोटलाई नै हेर्नुस् न । प्रदेशको प्रदेश समन्वय कमिटि र प्रतिनिधिसभाको चाहिँ प्रतिनिधि समन्वय समितिबाटै सिफारिस भए । धेरै आकांक्षी भएका ठाउँमा त्यहाँ नै प्रतिस्पर्धा गराएर पठाउने गर्‍यौं । त्यसैले भोलि मुख्यमन्त्री छान्नु पर्ने अवस्थामा पनि पार्टीको एउटा विधि वा मापदण्ड बनाउँछ र प्रतिस्पर्धा जसले जित्छ उही मुख्य मन्त्री हुन्छ ।

बरियताका कै आधारमा पाउने भन्ने हुँदैन । बरियताकै कुरा गर्दा पनि उहाँ सचिवको उम्मेदवार हुँदा म उपाध्यक्षको उम्मेदवार थिएँ । सिनिएर वा लिडर ले नै पाउनुपर्छ भन्ने छैन, हुँदैन ।

यहाँलाई २०४८ र २०६४ सालमा त्यहाँका मतदाताले जिताएर पठाए । अब फेरि त्यहाँका मतदाताले तपाईंलाई भोट किन दिने ? के गर्नुहुन्छ भनेर दिने ?

२०४८ सालको विसम परिस्थितिमा पनि मैले निर्वाचनमा भाग लिएँ र विजय प्राप्त गरेँ । ऐतिहासिक जनआन्दोलनपछि २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा मैले भाग लिएँ । फेरि पनि जनताले विश्वास गरे र मैले जितेँ । देशभर नै माओवादी लहर चलेको र हाम्रै पार्टीका ठूला नेता पनि हारिरहेका बेला मैले हाम्रो क्षेत्रबाट सहज रुपमा जितेँ । एमालेको शान राख्न सकेँ । संविधान निर्माणको ऐतिहासिक काम सकिएको छ ।

खास गरेर अहिले पनि फेरि समृद्ध नेपाल निर्माणको अर्को ऐतिहासिक मोडमा छौं । त्यसमा यो प्रदेशलाई समृद्ध बनाउनका लागि चुनाव लडेको हुँ । हामी समाजवाद उन्मुख आर्थिक प्रणाली निर्माण गर्न, समानतामूलक मुलुक निर्माण गर्न र एउटा समृद्ध, वैभव अर्थतन्त्र भएको मुलुक बनाउन म फेरि चुनाव लडेको हुँ । यसैका आधारमा मलाई जिताउनु हुनेछ । हिजो मैले इमान्दारीपूर्वक, निष्टापूर्वक जुन काम गरेँ, त्यो नै मेरो जितको आधार हो ।

२ पटक जितेर पनि आफ्नो व्यक्तिगत लाभ केही भयो होला तर आफ्नो क्षेत्रमा खासै काम गर्नसक्नुभएन भन्ने त्यहाँ मतदाताले आरोप छ । विकासमा नेतृत्वदायी भूमिका देख्न पाएनौं भन्छन् नि ?

आरोप त जे लगाइदिए पनि हुन्छ । हिजोको व्यवस्था जे थियो, त्यहीअनुसार मैले काम गर्ने हो । मसँग थुप्रो पैसा भएर त्यहाँ विकासमा लगाउने भन्ने होइन । मैले सांसद जितेर व्यक्तिगत लाभ लिएको भए अहिले धेरै माथि पुग्ने थिएँ । सबैभन्दा पहिला आˆनो गाउँ आफैं बनाऔं अभियान अन्तर्गत देशमै सबैभन्दा पहिलो कच्ची बाटो बनाउने भनेको भीमाददेखि डोजर लगाएर स्याङ्जासम्म जोड्ने काम भएको हो । त्यहाँका तीन बाटोलाई क्षेत्रीय मार्ग बनाउन मेरो योगदान छ । विद्युत, खानेपानी धेरै कुरा भएको छ । पुल बनिरहेका छन् । केही नै नभएको होइन ।

मुख्यमन्त्री हुन त आफू जितेर मात्र भएन, सिंगो टिम आउनु पर्ला । चुनावी हिसावकिताब कस्स्तो छ ?

यो प्रदेशमा स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्नु पर्ने हो तर तेस्रो पार्टी (माओवादी) कमजोर भएका कारण एमाले दोस्रो भयो । अन्य ठाउँमा तेस्रो पार्टी बलियो हुँदा एमाले पहिलो भएको छ । अहिलेको निर्वाचनमा वाम गठबन्धनले करिबकरिब दुई तिहाइ बहुमतले नै जित्ने मैले देखेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment